२९ गते हुने अनेरास्ववियु झापाको अधिवेशनको तयारी पुरा

Share :

बिर्तामोड । अनेरास्ववियु झापाको २१ औं जिल्ला अधिवेशनको सम्पूर्ण तयारी परा भएको छ । यही जेठ २९ गते बिर्तामोडमा हुन गइरहेको अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको छ ।

बिर्तामोडको सिटी सेन्टरमा हुने अधिवेशनको तयारी पुरा भएको जिल्ला अधिवेशन आयोजक कमिटीका संयोजक रोशन लामाले जानकारी दिनुभयो ।

लामाका अनुसार आयोजक सहित ७०३ प्रतिनिधिले अधिवेशनमा सहभागी हुने छन् । अधिवेशनको प्रमुख अतिथिको रुपमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिप बडाल आउने निश्चित तय भएको छ ।


अधिवेशनबाट ३९ सदस्यीय जिल्ला कमिटी चयन हुने भएको छ । पत्रकार सम्मेलनमा नेकपा एमाले झापाका उपसचिव असारु राजवंशी, जिल्ला सदस्य निता घतानीको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन सचिव नारायण पोखरेलले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय