नेपालकै पहिलो हाइब्रिड स्कुटर बिर्तामोडमा सार्वजनिक

Share :

बिर्तामोड । यामाहा नेपालले बहुप्रतिक्षित रे जेडआर १२५ हाइब्रिड, स्मार्ट मोटर जेनेरेटरसहितको नेपालको पहिलो हाइब्रिड स्कुटर सार्वजनिक गरेको छ ।

आज एक कार्यक्रमका बीच झापाको बिर्तामोडमा रहेको यामाहाको आधिकारिक बिक्रेता सयपत्री ट्रेडलिंकमा सो स्कुटर सार्वजनिक गरिएको हो ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, सयपत्री ट्रेडलिंकका सञ्चालक विनोद बस्नेत, एमएडब्ल्यु यामाहाका क्षेत्रीय बिक्री प्रबन्धक कुन्दन भण्डारीले संयुक्त रुपमा हाइब्रिड स्कुटर सार्वजनिक गर्नुभएको थियो ।


विभिन्न आवश्यकता र सवारहरूको प्राथमिकताहरू पूरा गर्नका लागि रे जेडआर १२५ हाइब्रिडमा स्टान्डर्ड, डिलक्स र प्रिमियमरप्रिमियम प्लस गरी चार ट्रिमहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

रे जेडआर १२५ हाइब्रिडको केन्द्रमा शक्तिशाली एयर कुल्ड, फ्युल इन्जेक्टेड एफइ १२५ सिसी ब्लु कोर इन्जिन रहेको बताइएको छ । रे जेडआर १२५ हाइब्रिडको बेसिक मोडेल स्ट्यान्डर्ड रियर ड्रमको मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँबाट सुरु हुने कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
3
+1
0
+1
0
+1
0
+1
1
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय