सभामुख घिमिरे राष्ट्रिय कराते प्रतियोगिताको उद्घाटन गर्न झापा आउने

Share :

बिर्तामोड । सभामुख देवराज घिमिरे शनिवार झापा आउँदै हुनुहुन्छ ।

झापाको बिर्तामोडमा हुने प्रथम मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगिता–२०८० को उद्घाटन गर्न घिमिरे शनिवार बिहान झापा आउने कार्यक्रम तय भएको हो । प्रतियोगिताको आयोजना मदन भण्डारी स्पोर्टस् एकेडेमी केन्द्रीय समितिले गरेको हो ।

प्रतियोगिता जेठ २६ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगितामा आठवटा टिमको सहभागिता रहनेछ ।
आयोजकको एउटा तथा सात प्रदेशका टिम प्रतियोगितामा सहभागी हुने छन् ।


प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय