साफ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

Share :

काठमाडौं । साफ च्याम्पियनसिपका लागि नेपालले राष्ट्रिय टोलीको घोषणा गरेको छ। अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्वर्टो एनेसले २३ सदस्यीय नयाँ टोली घोषणा गरेका हुन्।

प्रतियोगिता सुरु हुनु दुई साताअघि घोषणा गरिएको टोलीमा ३ नयाँ खेलाडी छन्। डिफेण्डरहरू विमल पाण्डे र सीमान्ता थापा तथा मिडफिल्डर लाकेन लिम्बु नयाँ अनुहार हुन्।

अरू डिफेन्डरमा सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का र रोहित चन्द रहेका छन्। टिममा गालकिपर किरण चेम्जोङ, दीप कार्की र विशाल श्रेष्ठ छन् ।


मिडफिल्डमा पुजन उपरकोटी, एरिक विष्ट, नविन लामा, मणिकुमार लामा, लाकेन लिम्बु र आभाष लामिछाने छन्। फरवार्डमा आयुष घलान, नवयुग श्रेष्ठ, दीपक राज सिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी र विमल घर्ती मगर रहेका छन्।

भारतको बैंगलोरमा हुने साफ च्याम्पियनसिपको उद्घाटन खेलमा जुन २१ तारिखमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल भारत, पाकिस्तान र कुवेत सम्मिलत कठिन समूहमा परेको छ । नेपालले जुन २४ मा भारत र जुन २७ मा पाकिस्तानविरुद्ध खेल्ने तालिका छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय