अर्जुनधारा १० मा लागुऔषध दुव्यर्सनविरुद्धको ३ दिने अभियानमा सम्पन्न

Share :

अर्जुनधारा । झापा अर्जुनधारा १० मा लागुऔषध दुव्यर्सनविरुद्धको ३ दिने सचेतना अभियानमा कार्यक्रम समपन्न भएको छ ।

वडा कार्यलयको आयोजनामा ३ दिनसम्म संचालन भएको सचेतना कार्यक्रम बिहिबार सम्पन्न भएको हो ।

लागुऔषध दुव्यर्सनविरुद्धको जनहातेमालो अभियानमा नामकरण गरिएको अभियान अन्तर्गत छुट्टा छुट्टै कार्यशाला आयोजना गरिएको थियो । तीन वटा टोलमा तीन दिनसम्म सरोकारवालासँग कार्यशाला सञ्चालन भएको थियो ।


अभियानलाई त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक एवम् मनोचिकित्सक दिनेश पौडेल र शनिश्चरे प्रहरी चौकीका इन्चार्ज बष्ठि प्रहरी नायव निरीक्षक कुमार ढकालले सहजीकरण गर्नुभएको थियो ।

कार्यशालामा २ सय जनाभन्दा बढीले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय