निष्पक्ष र तथ्य प्रमाणका आधारमा शुद्धिकरण अभियान अघि बढाउन प्रेस चौतारीको आग्रह

Share :

बिर्तामोड । प्रेस चौतारी नेपाल झापा शाखाले कुनै पनि बहानामा पत्रकार महासंघलाई शुद्धिकरण अभियान नरोक्न आग्रह गरेको छ । चौतारी झापाले आज एक विज्ञप्ति सार्वजनिक गर्दै शुद्धिकरणलाई सफल बनाउन आग्रह गरेको हो ।

पत्रकार महासंघ झापालाई कुनै पनि बहानामा शुद्धिकरण अभियान रोक्ने छुट नभएको भन्दै चौतारीले तत्काल शुद्धिकरण अभियान निष्पक्ष, स्वतन्त्र रतथ्य प्रमाणका आधारमा अघि बढाउन आग्रह गरेको हो । चौतारीका झापा अध्यक्ष मनकुमार गदालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘शुद्धिकरण सम्पन्न गरी पत्रकार महासंघलाई विशुद्ध पत्रकारको संस्था बनाउन प्रेस चौतारी जोडदार माग गर्दछ । प्रेस चौतारीले शुद्धिकरणको मुद्दामा विगत देखि नै आवाज उठाउदै आएको हुँदा नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरण अभियानमा पूर्ण सहयोग रहने आश्वस्त पार्न चाहान्छौं ।’

चौतारीले नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरण अभियानप्रति स्वागत र सम्मान व्यक्त गरेको जनाएको छ । अभियान सार्वजनिक भए लगत्तै प्रेस चौतारीको तर्फबाट शुद्धिकरणलाई सफल बनाउन अग्रसरता देखाएको सर्वविदितै छ, विज्ञप्तिमा भनिएको छ, ‘पत्रकार महासंघको सदस्यता भजाएर पत्रकारिताको नाममा पेसाकै हुर्मत लिने कामहरु भइरहेका छन् । समग्र पेसाको बद्नाम गरिरहेको यथार्थलाई दृष्टिगत गरी सुरु गरिएको पत्रकार शुद्धिकरण अभियानप्रति हाम्रो सधैं साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दछौं ।’


शुद्धिकरण अभियानमा सक्रिय पत्रकारिता गरिरहेका पत्रकारप्रति पूर्वाग्रही नबन्न आग्रह गर्दै चौतारीले सदस्यता शुद्धिकरण मापदण्ड २०७९ अक्षरशः पालना हुनुपर्नेमा जोड दिएको छ । मापदण्ड विपरित गरिएको शुद्धिकरण अस्वीकार्य हुने भन्दै प्रेस चौतारीले मापदण्डको पूर्ण पालना गर्न माग गरेको हो ।

चौतारीले सदस्यता शुद्धिकरण मापदण्ड २०७९ विपरित हुनेगरी महासंघ झापा शाखाले नविकरण रोक्ने अनेकन प्रयास गरेको स्मरण गराएको छ । नविकरणका लागि कार्यालय पुगेका कतिपय सदस्यहरुलाई नविकरण नगरी फर्काएपछि चौतारी झापाले नविरकण नरोक्न दबाव र निरन्तर खबरदारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष गदालले यसअघि सदस्यताका लागि आवेदन दिने पत्रकारहरुको सदस्यता स्वीकृत वा अस्वीकृत के भयो भन्दै जानकारी गराउन आग्रह समेत गरेका छन् । शुद्धिकरण मापदण्ड विपरित कुनै पनि सदस्यमाथि अन्याय गरेमा प्रेस चौतारी नेपाल झापा शाखा त्यसको सशक्त प्रतिकार गर्ने चेतावनी दिएको छ ।

विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय