लागुऔषध मुद्धामा फरार रहेका राई पक्राउ

Share :

झापा । लागुऔषध मुद्धामा फरार रहेका भोजपुरका दिलकुमार भनिने कुमार राईलाई झापा प्रहरीले पक्राउ परेका छन् ।

भोजपुरको अरुण गाउँपालिका ६ घर भई झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ११ मा बस्ने राईलाई प्रहरीले जेठ २३ गते पक्राउ गरेको हो ।

राईलाई झापा जिल्ला अदालतले २०७९ भदौ ५ गते लागुऔषध मुद्धामा १ बर्ष कैद र ५ हजार जरिवाना सुनाएको थियो ।


पक्राउ परेका राईलाई प्रहरीले कैद भुक्तानको लागी कारागार कार्यालय झापामा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय