ओलीले बोलाए एमालेमा फर्किन्छु : वामदेव, ओलि भन्छन् वामदेव एमालेनै हुन्

Share :

काठमाडौं । राष्ट्रियसभाका सदस्य वामदेव गौतमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएमा खुसीसाथ एमालेमा फर्किने बताउनु भएको छ ।

बुधबार राष्ट्रियसभाको बैठकमा भाग लिएर बाहिरिने क्रममा उहाँले ७० वर्षे उमेर हद निलम्बन भइरहे फर्किन तयार रहेको घोषणा गर्नु भएको हो।


एमालेले मंगलबार मात्रै ७० वर्षे उमेरको हदबन्दी हटाउने निर्णय गरेपछि वामदेवले पुरानै पार्टीमा फर्किने सम्भवना बढेको छ ।


यता, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बामदेव गौतमको पार्टी सदस्यता एमालेमै रहेकाले उहाँ अहिलेपनि एमाले नै भएको बताउनुभयो । उहाँले गौतम एमाले भन्दा अलग नरहेको बताउनुभयो ।

ओलीले एमालेमा जान्छु भन्ने गौतमको भनाई स्वागत योग्य भएको धारणा राख्नुभयो । गत साता बसेको एमाले केन्द्रीय सचिवालय बैठकमा नेताहरुबीच पार्टीमा ७० वर्षे उमेर हद खारेज गर्ने सहमति बनेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय