अर्जुनधार-३ मा ७ दिवसीय क्षमता विकास तथा उद्घोषण तालिम सम्पन्न

Share :

खुदुनाबारी । महिलाहरुको क्षमता विकास गर्ने उदेश्यकासाथ अर्जुनधारा नगरपालिकाको ३ नम्बर वडा कार्यालयले आयोजना गरेको उद्घोषण तालिम सम्पन्न भएको छ ।

वडा स्तरीय महिला समितिको संयोजन तथा व्यवस्थापनमा अर्जुनधारा ३ को गृनरी हलमा ७ दिनसम्म संचालन भएको तालिमको आज आईतबार समापन गरिएको हो ।


वडा स्तरीय महिला समितिकी अध्यक्ष माया राईको अध्यक्षता तथा अर्जुनधारा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा तालिमका सहभागिहरुलाई प्रमाण­-पत्र बितरण गरिएको थियो ।

जेठ १५ गतेबाट संचालन भएको तालिमका २७ जना सहभागिहरुलाई प्रमुख अतिथि राई, बिषेश अतिथि ३ नम्बर वडा कार्यालयका वडाअध्यक्ष सिताराम भट्टराईलगायतले प्रमाण-पत्र बितरण गर्नुभएको थियो ।

तालिमका सहभागि प्रशिक्षार्थीहरु भीमा अधिकारी, रञ्जना तामाङ र रमादेवी बुढाथोकीले तालिमको अनुभव प्रस्तुत गर्नुभएको कार्यक्रममा अर्जुनधारा ३ का वडा सचिव खगेन्द्र लिङदेनले तालिम संचालन र आयोजनाको औचित्यमाथी प्रकाश पार्नु भएको थियो ।

तालिमलाई मुख्य प्रशिक्षक संचारकर्मी तिलक योञ्जनले ५ दिन र अर्का प्रशिक्षक साहित्यकार खगेन्द्रा खुशीले २ दिन सहजिकरण गर्नुभएको थियो । समापान कार्यक्रममा प्रशिक्षक योञ्जन र खुशी दुवैले तालिमको सिकाई विधि र प्रभावकारीताका बिषयमा आफ्ना भनाई राख्नुभएको थियो । कार्यक्रममा दुवै प्रशिक्षक र उत्कृष्ट प्रशिक्षार्थीका रुपमा भीमा अधिकारीलाई वडा स्तरीय महिला समितिको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमकी प्रमुख अतिथि राईले भौतिक विकासलाई मात्रै विकासको आधार नठानी नगारिकको क्षमता विकासमा स्थानीय सरकारले अहिले महत्वपुर्ण कार्यक्रमहरु ल्याएको बताउनुभयो । उहाँले महिलाहरुको क्षमता विकासकालागि प्रदान गरिएको तालिम महत्वपूर्ण भएको भन्दै आगमी दिनमा अझबढी प्रभावकारी कार्यक्रमहरु ल्याउनुपर्ने आवश्यक्ता रहेको धारणा राख्नुभएको थियो ।

कार्यक्रममा बिषेश अतिथि वडाअध्यक्ष भट्टराईले बिषेशगरि वडामा रहेका महिला दिदिबहिनीहरुको क्षमता अभिवृद्धीकालागि तालिम संचालन गरिएको बताउनुभयो । भट्टराईले आफुले तालिमबाट प्रायःसबै जसो सहभागी दक्ष भएको पाएको धारणा राख्नुभयो । भट्टराईले तालिममा सिकेका कुरालाई व्यवहारमा प्रयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा वडा स्तरीय महिला समितिकी अध्यक्ष माया राईले यसअघिका बर्षको भन्दा यो बर्षको उद्घोषण तालिम धेरै प्रभावकारी भएको धारणा राख्नुभयो । उहाँले उदेश्य अनुरुप तालिम संचालन तथा समापन भएको भन्दै खुशी व्यक्त गर्नुभयो । राईले यसअघि वडा कार्यालयको आर्थिक व्यवस्थापन तथा वडा स्तरीय महिला समितिको आयोजनामा घरेलु सेनेटरी प्याड बनाउने तालिम सम्पन्न भएको बताउनुभयो । तालिम पश्चात बिद्यार्थीहरुलाई लक्षीत गरेर घरेलु सेनेटरी प्याड बितरण तथा जानकारी प्रदान गरिएको बताउनुभयो । सोही योजना अन्तर्गत उद्घोषण तालिम संचालन गरिएको राईको भनाई थियो । तालिम समापन कार्यक्रममा अर्जुनधारा ३ का विपन्न परिवार छनोट गरि बचेको रकमबाट कपडा बितरण गरिएको थियो ।

वडा स्तरीय महिला समितिकी सदस्य कविता भट्टराईले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव सुशिला नेपालले गर्नुभएको थियो । कार्यक्रममा वडा सदस्य नारायण चापागाई, जुेकेखाडी सामुदायीक वनको पर्यटन उपाध्यक्ष दिपक दुलाल लगायतको आतिथ्य रहेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
3
+1
0
+1
0
+1
0
+1
1
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय