अर्जुनधारा ८ को आयोजनामा ७ दिवसीय आम सञ्चार तथा पत्रकारिता तालिम सुरु

Share :

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा आम सञ्चार तथा पत्रकारिता तालिम सुरु भएको छ । नगरभरीबाट सहभागीहरु छनोट गरिएको तालिमलाई ८ नम्बर वडा कार्यालयले आयोजना गरेको हो ।

७ दिनसम्म सन्चालन हुने तालिमलाई उद्घाटन कार्यक्रमकी प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गर्नुभएको थियो । तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पराजुलीले सहभागीहरुलाई तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गर्न सक्ने बन्न आग्रह गर्नुभएको थियो ।

उदघाटन कार्यक्रममा बिशिस्ट अतिथी प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेलले पत्रकारीता पेसा समाज परिवर्तनको सम्वाहक भएकाले महत्त्वकासाथ तालिममा सहभागी बन्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नु भएको थियो । झापाबाट प्रसारित रेडियो भिजनको प्रबन्ध निर्देशक समेत रहनुभएका पोखरेलले तालिममा उत्कृष्ट हुने प्रशिक्षार्थीलाई रोजगारीको अवसर समेत दिन सकिने धारणा राख्नुभयो ।


तालिममा नगरभरीका पत्रकारीता पेशामा इच्छुक २० जना युवा-युवतिले सहभागिता जनाएका छन् । तालिममा अर्जुनधारा नगरपालिकाका सबै वडाका इच्छुक सहभागीलाई समेटेर प्रशिक्षण सुरु गरिएको अर्जुनधारा नगरपालिका ८ नम्बर वडाका वडाअध्यक्ष कुमार उप्रेतीले जानकारी दिनुभयो । उद्घाटन कार्यक्रमको अध्यक्षता गर्नुभएका  उप्रेतीले तालिम आयोजनाको औचित्यमाथी प्रकाश पार्नु भएको थियो । उहाँले आम संचार र पत्रकारीता अहिलेको समाज परिवर्तनको मुल सम्वाहक भएको धारणा राख्नुभयो । उप्रेतीले समय परिवर्तनसंगै समाज पनि परिवर्तन हुने भएकाले त्यसलाई सहि बाटोमा दोहोर्‍याउन सूचना र संचारको मुख्य भुमिका हुने भएकाले तालिममा सिकाईने कुराहरुलाई सहि ढंगबाट व्यवहारमा लागू गर्न सक्ने बन्न सहभागीहरुको ध्यानाकर्षण गराउनुभएको थियो ।

तालिमलाई नेपाल टेलिभिजनमा कार्यरत वरिष्ठ सन्चारकर्मी डा. टंक उप्रेतीले प्रशिक्षण प्रदान गरिरहनु भएको छ ।

८ नम्बर वडाकार्यलयका सचिव प्रकाश पाैडेलले सन्चालन गर्नु भएको उद्घाटन कार्यक्रममा वडा सदस्य सरु बुढाथोकीको उपस्थित थियो । त्यस्तै प्रेस चौतारी झापाका उपाध्यक्ष तथा इजलास दैनिकका सम्पादक प्रदीप परियार, प्रेस क्लब अर्जुनधाराका अध्यक्ष रमेश समदर्शी राई, साहित्यकार कृष्ण बराल, खबरखेती डटकमका सम्पादक तिलक याेञ्जन, युवा व्यवसायी तुल श्रेष्ठलगायतको आतिथ्य रहेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय