बिर्तामोड खानेपानीको सपथ ग्रहण तथा पदहस्तान्तरण सम्पन्न

Share :

झापा । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नव निर्वाचित नेतृत्वलाई सपथ ग्रहण तथा पदहस्तान्तरण भएको छ । झापाको बिर्तामोडस्थित संस्थाको कार्यालय परिसरमा शनिबार (आज) सपथ ग्रहणपछि मेघराज बाँस्तोला नेतृत्वको कार्य समितिले कार्यभार सम्हालेको हो ।

बिर्तामोड खानेपानीको गत जेठ १५ गते सम्पन्न निर्वाचनबाट उपाध्यक्षमा शैलेन्द्र सिटौला, सचिवमा पारस मैनाली, कोषाध्यक्ष शारदा रिजाल, खुल्ला सदस्यमा आनन्द गुरुङ, खगेन्द्र थापा, महिला सदस्यमा बालादेवी खरेल, माया प्रधान खड्गी र कमला अग्रवाल निर्वाचित हुनुभएको थियो ।

सपथ ग्रहण कार्यक्रमपछि निवर्तमान अध्यक्ष जलकुमार गुरुङले नवनिर्वाचित अध्यक्ष बाँस्तोलालाई संस्थाको माइन्यूट हस्तान्तरण गर्नुभएको थियो ।


कार्यक्रममा निर्वाचन समितिका संयोजक खगेन्द्र खरेलले नवनिर्वाचित अध्यक्ष सहितका पदाधिकारी र सदस्यलाई सपथ ग्रहण गराउनु भएको थियो ।

नवनिर्वाचित अध्यक्ष बास्तोलालले संस्थापक तथा पुर्व अध्यक्षहरुको राय, सुझाव, सल्लाह र मार्ग निर्देशनमा रहेर खानेपानी संस्था र उपभोक्ताको हितमा कार्य गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस झापा सचिव कृष्ण हुमागाई, नेकपा एमाले झापा जिल्ला कमिटी सदस्य बुद्धिराम भट्टराई, नेकपा (माओवादी केन्द्र) बिर्तामोड नगर अध्यक्ष मोहन सुब्वा, राप्रपा नगर अध्यक्ष रञ्जु प्याकुरेल बराल, राष्ट्रिय स्वतन्त्र पार्टी नगर अध्यक्ष शम्भू भण्डारी, जसपाका शिवम सुराली मगरलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गर्नुभएको थियोे । 

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय