कर्मचारी हकहित संरक्षण मञ्च अर्जुनधाराको अध्यक्षमा चिरञ्जीवी खवास

Share :

अर्जुनधारा । कर्मचारी हकहित संरक्षण मञ्च अर्जुनधाराको अध्यक्षमा चिरञ्जीवी खवास चयन हुनुभएको छ । आज भएको मञ्चको प्रथम अधिवेशनले खवासको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।

मञ्चको बरिष्ठ उपाध्यक्षमा खगेन्द्र लिङदेन चयन हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा मुना सुवार निरौला र सचिवमा सौजन कटुवाल निर्विरोध चयन हुनुभएको छ । त्यसैगरि सहसचिवमा त्रिविक्रम पोखरेल र कोषाध्यक्षमा माया ऐर चयन हुनुभएको छ ।

मञ्चको सदस्यमा वासुदेव पौडेल, मीना अधिकारी र विनोद खनाल चयन हुनुभएको छ । मञ्चको विधानअनुसार अन्य ४ जना सदस्यलाई कार्यसमितिको बैठकले मनोनित गर्ने प्रावधान छ ।


सोही अधिवेशनले छविरमण पोखरेलको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति गठन गरेको छ । लेखा समिति सदस्यमा प्रकाश पौडेल र जानुका बस्नेत रहनुभएको छ ।

मञ्चको विधानले बरिष्ठ उपाध्यक्षलाई अनुशासन समितिको संयोजक र उपाध्यक्षलाई अतिरिक्त क्रियाकलापको संयोजक तोकेको छ । विधानतः मञ्चले कर्मचारी कल्याण कोष र कर्मचारी हित कोष स्थापना गर्ने भएको छ ।

अधिवेशनको बन्दसत्रले निर्वाचन मण्डलको संयोजकमा विपिन लम्साल, सदस्यमा निता नेपाल र इन्द्र पौडेललाई चयन गरेको थियो । संयोजक लम्सालले नवनिर्वाचित सञ्चका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको थियो ।

यसअघि तदर्थ समितिका संयोजक चिरञ्जीवी खवासको अध्यक्षतामा भएको उद्घाटन सत्रलाई अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा नगर प्रमुख गोम्देन, उपप्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई, वडा नम्बर २ का अध्यक्ष सिद्धार्थ श्रेष्ठ र ३ नम्बर वडाका अध्यक्ष सीताराम भट्टराईले शुभकामना प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
1
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय