बिर्तामोडमा नाटक ‘खरानीको धागो’ मञ्चन हुने

Share :

बिर्तामोड । झापाको बिर्तामोडमा नाटक ‘खरानीको धागो’ मञ्चन हुने भएको छ । बिर्तामोडस्थित हिमाल सागर रिसोर्ट एण्ड पार्टी प्यालेसमा आज पत्रकार भेटघाटको आयोजना गर्दै नाटक मञ्चन बारे जानकारी गराइएको हो ।

पूर्वी पहाडको गाउँको जनजीवनको कथालाई समेटेर भएका घटनाक्रमहरुमा आधारित रहेर तयार पारिएको नाटक ‘खरानीको धागो’ यहि जेठ २३ देखि ३० गतेसम्म मञ्चन हुने भएको हो । नाटकमा आर्थिक, सामाजिक, राजनीतिक र साँस्कृतिक बदलावका कारण सृजना भएको परिवेश र परिस्थितलाई मुख्य रुपमा प्रस्तुत गरिएको कलाकार तथा आर्ट स्टुडियोकी अध्यक्ष शान्तादेवी पौड्यालले जानकारी दिनुभयो ।


झापाको आर्ट स्टुडियोले प्रस्तुत गर्ने नाटक मञ्चनलाई गार्डेन थिएटर काठमाडौँ, कदम थिएटर दमक, परिवर्तन थिएटर कॉकडभिट्टा झापा र चुलाचुली रंगमञ्च चुलाचुली इलामको सहकार्य रहने छ । हिमाल सागर रिसोर्ट एण्ड पार्टी प्यालेसको सभाहलमा नै नाटक मञ्चन हुने छ ।

८ दिन सम्म प्रदर्शन हुने नाटकको प्रत्येक दिन तीन वटा शो मञ्चन हुने बताइएको छ । नाटक एक घण्टा ५ मिनेटको समयअवधि रहेको नाटकलाई चे शंकरले लेखक तथा निर्देशक गर्नुभएको हो । शंकरले कथा नालापानीको, मेमोरी यार्ड, मिस्टर फक्स एण्ड स्कुल स्वई लगायतका सफल नाटक लेखि सक्नुभएको छ ।

नाटककमा शान्तादेवी पौड्याल, गोमादेवी बिमली, अम्बिका श्रेष्ठ, पुनम पराजुली, गीता कैसी उप्रेती, सुशिला दाहाल, निर्मिक भट्टराई, मनकुमार योङहाङ, सिद्धिका दाहाल, दीपक खरेल, माधवप्रसाद पौड्याल, रुद्र ओली, कृष्णमाया बुढाथोकीलगायतका कलाकारहरुले अभिनय गर्नेछन् ।

‘खरानीको धागो’ नाटकमा लोप हुँदै गरेको लोक विचरण, संगीत र संस्कृतिलाई समेट्ने कोशिस गरिएको बताइएको छ । नाटकमा बालुन, संगिनी, फेरी जगाउने रीति र झ्याउरे संगीत प्रयोग गरिएको आर्ट स्टुडियोकी अध्यक्ष शान्तादेबी पौडेलले बताउनुभयो ।

बालबालिकामा कल्पनाशीलता र रचनात्मक शिल्पको विकास गर्ने, बालबालिका र नयाँ पुस्तालाई लोकभाका, संगीत र जीवनशैली बारे जानकारी दिने, कला र संस्कृतिको संरक्षण गर्ने, नेपालमै केही गर्नु पर्छ भन्ने भावना जागृत गर्ने नाटकको मञ्चनको मुख्य उदेश्य रहेको बताइएको छ ।

सञ्चारकर्मी सरोज पौडेलले संचालन गर्नुभएको पत्रकार भेटघाट कार्यक्रममा नाटकका अधिकांश कलाकारहरुसहित साहित्य चौतारी झापाका संरक्षक देबीभक्त श्रेष्ठ, सामाजिक ब्यक्तित्व देवीप्रसाद संगौलालगायतको उपथिति थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय