झापामा राष्ट्रिय कराते प्रतियोगिता हुने

Share :

बिर्तामोड । झापाको बिर्तामोडमा प्रथम मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगिता २०८० हुने भएको छ । प्रतियोगिताको आयोजना मदन भण्डारी स्पोर्टस् एकेडेमी केन्द्रीय समितिले गरेको हो ।

एकेडेमीले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिइएको हो । प्रतियोगिता यही जेठ २६ गतेदेखि २८ गतेसम्म हुने एकेडेमीका उपमहासचिव तथा पूर्वप्रमुख कराते प्रशिक्षक मदन उप्रेतीले जानकारी दिनुभयो ।

प्रतियोगितामा आठवटा टिमको सहभागिता रहनेछ । आयोजकको एउटा तथा सात प्रदेशका टिम प्रतियोगितामा सहभागी हुने छन् ।


त्यस्तै, महिलाहरुको ९ इभेन्ट र पुरुषहरुको १० इभेन्ट गरी १९ वटा इभेन्टमा खेल हुने एकेडेमीका कोशी प्रदेश इन्चार्ज तथा केन्द्रीय उपाध्यक्ष तुलसी मैनालीले बताउनुभयो ।

प्रतियोगितामा कातासहित महिलातर्फ ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी र ६१ केजीभन्दा माथिका इभेन्ट हुने छन् । पुरुषतर्फ कातासहित ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी, ६७ केजी, ७५ केजी र ७५ केजीभन्दा माथिका इभेन्ट हुने बताइएको छ ।

प्रतियोगितामा प्रत्येक इभेन्टको स्वर्ण पदक प्राप्त गर्ने खेलाडीले नगद १० हजार, रजत पदकले ७ हजार र कास्य पदक पाउने खेलाडीले ४ हजार, मेडल तथा प्रमाणपत्र पाउने छन् । त्यस्तै, उत्कृष्ट एक महिला र एक पुरुष तथा प्रथम, दोस्रो र तेस्रो हुने टिमलाई ट्रफी प्रदान गरिने बताइएको छ ।

प्रतियोगिता सम्पन्न गर्न २० लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ । प्रतियोगितामा खेलाडी तथा अफिसियल गरी २०० जनाको सहभागिता रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय