आईसीसी विश्वकप छनोटका लागि नेपाली क्रिकेट टिम दक्षिण अफ्रीका प्रस्थान

Share :

काठमाडौं । आईसीसी विश्वकप छनोटका लागि अन्तिम तयारी गर्न नेपाली राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रीका प्रस्थान गरेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोली मंगलबार राति दक्षिण अफ्रीका प्रस्थान गरेको जनाएको छ । तर, नेपाली टोलीका स्पिनर सन्दीप लामिछाने दक्षिण अफ्रीका गएका छैनन् ।

उनीविरुद्धको बलात्कार मुद्दाको फैसला नभएको कारण सन्दीप दक्षिण अफ्रीका जान नपाएका हुन् । नेपालले दक्षिण अफ्रीकामा नेदरल्यान्ड्स र स्कटल्याण्डसँग अभ्यास खेल खेल्ने छ। नेपाल दक्षिण अफ्रीकाबाटै जिम्बावे जाने छन् ।


जिम्बावेमा आयोजना हुने विश्वकप छनोट प्रतियोगितामा दश टोलीको सहभागीता रहेको छ । सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपालको समूहमा आयोजक जिम्बावे, वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेका छन् । १८ जुन अर्थात असार ३ मा जिम्बावेसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुआत गर्नेछ ।

दोस्रो खेलमा २० जुनमा अमेरिकासँग खेल्ने नेपालको तेस्रो खेल वेस्ट इन्डिजसँग २२ जुनमा रहेको छ । सुपर सिक्सको शीर्ष दुईमा रहने टोली अक्टोबरमा भारतमा आयोजना हुने आइसीसी एकदिवसीय विश्वकपमा छनोट हुनेछ ।

१३ राष्ट्र सहभागी विश्वकप सुपर लिगको शीर्ष ८ मा रहि विश्वकप आयोजक भारत,पाकिस्तान,अस्ट्रेलिया,न्युजिल्यान्ड, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका र अफगानिस्तान सिधा विश्वकपका लागि छनोट भईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय