प्रधानमन्त्री दाहाल आज भारत भ्रमणमा जाँदै

Share :

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको चार दिने भारत भ्रमण बुधबारदेखि सुरु हुँदैछ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारत भ्रमणमा जान लाग्नु भएका प्रधानमन्त्री दाहाल बुधबार दिउँसो १ बजे नेपाल वायुसेवा निगमको विमानबाट नयाँ दिल्ली प्रस्थान गर्दै हुनुहुन्छ ।

भ्रमण टोलीमा परराष्ट्रमन्त्री एनपी साउद, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतलगायत मन्त्रीहरु रहने छन् ।आधा दर्जन मन्त्रीहरु, सचिवहरु, ब्यापारीहरुलगायत पाँच दर्जन बढी रहने बुझिएको छ ।


प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहीबार दिउँसो भेटवार्ता हुने कार्यक्रम रहेको छ । दुई प्रधानमन्त्रीबीच उर्जा, ब्यापार, कृषि, सिमा वारपार आतंकवाद, साँस्कृतिक आदान प्रदानलगायतका विषयमा छलफल हुने छ ।

बिहीबार हुने वार्तापछि संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम पनि रहेको छ । प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखडेसँग पनि शिष्टाचार भेट गर्नुहुनेछ ।

प्रधानमन्त्री दाहाल आगामी शुक्रबार मध्य प्रदेशको उज्जैन जाने र त्यहाँस्थित प्रसिद्ध महाकालेश्वर मन्दिरको दर्शन गर्ने कार्यक्रम पनि छ । उहाँ जेठ २० गते स्वदेश फर्किने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय