काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्वसांसद रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहोराकी पत्नी शारदा कठायत बोहोराले सर्वोच्चमा रिट दर्ता गर्नुभएको हो ।
चौधरीलाई आममाफी दिने सरकारको निर्णय रोक्न गत आइतबार नै बोहोराले पेश गरेको रिट निवेदन सर्वोच्चले मंगलबार दर्ता गरेको हो ।
![](https://khabarkheti.com/wp-content/uploads/2024/04/eye-khanepani-mart-3-add-mix-1.jpg)
तर, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई आममाफी दिइसक्नु भएको छ भने चौधरी गणतन्त्र दिवसको दिन जेल मुक्त भइसकेका छन् ।