यू–१८ क्लब स्तरीय फुटबलको उपाधि शनिश्चरेलाई

Share :

अर्जुनधारा । झापाको अर्जुनधारामा सम्पन्न प्रथम क्लब स्तरीय यू–१८ फुटबल प्रतियोगिताको उपाधि शनिश्चरे फुटबल क्लबले जितेको छ । अर्जुनधारा–८ स्थित चन्द्रोदय प्राथमिक विद्यालयको खेल मैदानमा आज (सोमबार) सम्पन्न फाइनल खेलमा आयोजक हात्तीकिल्ला फुटबल क्लबलाई ४–१ गोल गर्दै पराजित गर्दै शनिश्चरेले उपाधि हात पारेको हो ।

फाइनल खेलको विजेता बनेसंगै शनिश्चरे एफसीले नगद २५ हजार पुरस्कारसहित ट्रफी, मेडल र पमाण–पत्र पाएको छ । उपविजेता बनेको आयोजक हात्तीकिल्ला फुटबल क्लबले भने ट्रफी, मेडल र १५ हजार नगदमा चित्त बुझाएको छ ।


प्रतियोगितामा शनिश्चरे एफसीका निखिल तामाङले हाई स्कोररको पुरस्कार पाए । त्यस्तै आयोजक टिमका प्रशान्त दुलाल उत्कृष्ट गोल रक्षक र विशाल निरौला वेस्ट डिफेन्स घोषित भए । त्यस्तै आयोजक टिककै दिपेश धिमाल प्रतियोगिताको उत्कृष्ट खेलाडी बने । फाइनल खेलको म्यान अफ दी म्याचको पुरस्कार शनिश्चरे एफसीका रबिन विश्वकर्माले पाए ।

त्यसअघि भएको खेलमा हात्तीकिल्ला फुटबल क्लबका कुसान लिम्बूले निर्धारीत ६० मिनेटको खेलमा सुरुवाती छैंटौं मिनेटमा खेलकै पहिलो तथा टिमकालागि एकमात्रै गोल गरेका थिए ।

यता विजेता टिम शनिश्चरेकालागि कृष्ण भुजेलले २१ सौं मिनेटमा पहिलो गोल फर्काएका थिए । त्यस्तै शनिश्चरे एफसीकालागि २८ औं मिनेटमा रबिन विश्वकर्माले दोस्रो गोल गरे । शनिश्चरे फुटबल क्लबकालागि निखिल तामाङले ४३ औं र ५१ औं मिनेटमा २ गोल गर्दै ४–१ गोलको अन्तर कायम गराएका थिए ।

हात्तीकिल्ला फुटबल क्लबको आयोजनामा जेठ १० गतेदेखि सञ्चालन भएको फुटबल प्रतियोगिताको फाइनल खेल तथा समापन समारोहको अर्जुनधारा–८ का वडाअध्यक्ष कुमार प्रसाद उप्रेतीले उद्घाटन गर्नुभएको थियो ।

फाइनल खेलको प्रमुख अतिथि समेत रहनुभएका वडाअध्यक्ष उप्रेती, हात्तीकिल्ला फुटबल क्लबका अध्यक्ष कुमार कार्की, नेपाल खेलकुद महासंघ कोशी प्रदेश इन्चार्ज राजकुमार थापा, स्थानीय सामाजिक व्यक्तित्व राजेश गिरी लगायतले प्रतियोगिताका विजेता तथा उपविजेताहरुलाई पुरस्कार बितरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
3
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय