अर्जुनधारा ५ मा निःशुल्क स्वास्थ्य शिविर, स्वयमसेविकालाई साईकल बितरण

Share :

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका ५ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । अर्जुनधारा­ ५ नम्बर वडा कार्यलयको आयोजना तथा सहरी स्वास्थ्य केन्द्र फुलबारीको समन्वयमा संचालन भएको शिविरमा ३ सय ५० जना नागरिकले शेवा लिएका छन् ।

माता पोलिक्लिनिक एण्ड डाइगोनोस्टीक सेन्टर बिर्तामोडको प्राबिधिक सहयोगमा संचालन भएको शिविरमा २ सय ११ जना महिला र १ सय ३९ जना पुरुषले स्वास्थ्य परिक्षण गराएको सहरी स्वास्थ्य केन्द्रका प्रमुख रोशन बस्नेतले जानकारी दिनुभयो।

शिविरमा फिजिसियन डाक्टर सन्तोष कुमार यादव, महिला तथा प्रसुती बिशेषज्ञ डा.ममता राजवंशी घिरैया र मेडिकल अधिकृत डा.शक्ति शाहले बिरामीहरुको स्वास्थ्य परिक्षण गर्नुभएको अर्जुनधारा­ ५ स्वास्थ्य व्यवस्थापन समिति सदस्य बाबा डिआरले जानकारी दिनुभयो । त्यस्तै डा. योगेन्द्र यादवले भिडियो एक्सरे सेवा दिनुभएको थियो ।


शिविरमा स्वास्थ्य केन्द्र फुलबारीका प्रमुख रोशन बस्नेत र अ.न.मी. कमलादेवि सिटौलाले पनि सेवा दिनुभएको थियो । शिविरमा कमला महत्तरा र सारदा रिजालले ल्याब सेवा उपलब्ध गराउनु भएको थियो । शिविरमा स्वास्थ्य परिक्षण गराएको सम्पूर्ण बिरामीहरुलाई निःशुल्क औषधी समेत बितरण गरिएको सहरी स्वास्थ्य केन्द्रका प्रमुख बस्नेतले जानकारी दिनुभयो ।

स्वास्थ्य शिविरको अर्जुनधारा­ ५ का वडाअध्यक्ष गिताराज खड्काले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा वडा सदस्य तथा जनप्रतिनिधिहरु जिल्ला समन्वय समिति सदस्य रिता नेपाली, कार्यपालिका सदस्य चन्द्रा गोले तामाङ, अर्जुन कडेल र लक्ष्मी खनालको उपस्थिति रहेको थियो ।

त्यस्तै कार्यक्रममा दैझोडा सामुदायीक वनका अध्यक्ष टेकनाथ अधिकारी, २ नम्बर टोल विकास समितिका अध्यक्ष टंक दाहाल, ८ नम्बर टोल विकास समितिका अध्यक्ष राजकुमार चौहन, ७ नम्बर टोल विकास समितिका अध्यक्ष मान बहादुर कार्की, भानु माध्यमिक बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरु न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

स्वास्थ्य स्वयमसेविकालाई साईकल

सोही कार्यक्रमकाबिच अर्जुनधारा नगरपालिका ५ नम्बर वडाले स्वास्थ्य स्वयमसेविकाहरुलाई साईकल बितरण गरेको छ । सवारी साधनको अभावमा पैदल हिडेर सेवा दिन असहज भईरहेको भन्दै स्वयमसेविकाहरुलाई वडा कार्यालयले साईकल बितरण गरेको हो ।

वडाअध्यक्ष गिताराज खड्का, वडा सदस्यहरु रिता नेपाली, चन्द्रा गोले, अर्जुन कडेल र लक्ष्मी खनालले संयुक्त रुपमा स्वयमसेविकाहरु हिमकला पौडेल, कुसुम अधिकारी, तारा सापकोटा र अमृता बस्नेतलाई साईकल बितरण गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै वडाअध्यक्ष खड्काले वडाले प्रदान गरेको साईकलले नागरिकलाई सेवा दिनकालागि स्वास्थ्य स्वयमसेविकाहरुलाई थप सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले वडाले उपलब्ध गराएको साईकलको सही सदुपयोग गर्न र आवश्यक्ता अनुरुपको सेवा दिन तत्पर हुन समेत सुझाव दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय