अर्जुनधारा सिङ्गिङ् एण्ड डान्सिङ् स्टारको उपाधि संजिव र आकृति लाई

Share :

झापा । ‘अर्जुनधारा डान्स एण्ड सिङ्गिङ् स्टार–२०७९’को उपाधि संजिव भुर्तेल र आकृति तामाङले जितेका छन् ।

शनिबार बेलुकी सम्पन्न भएको प्रतियोगिताको फिनालेमा अर्जुनधारा­-६ का भुर्तेल गायन तर्फ ‘अर्जुनधारा डान्स एण्ड सिङ्गिङ् स्टार–२०७९’को विजेता बनेका हुन् । उपाधि जितेसंगै भुर्तेलले प्रमाण­पत्रसहित नगद ३० हजार, ट्रफी पुरस्कार पाए।

त्यस्तै अर्जुनधारा-­८ की यमुना तिवारी गायन तर्फ फस्ट रनरअफ बनिन् । उनले प्रमाण­पत्रसहित नगद २० हजार र ट्रफी पुरस्कार पाईन् । अर्जुनधारा­-१ का अविशेक मगर प्रतियोगिताको गायन तर्फ सेकेन्ड रनरअफ बने । उनले प्रमाण­पत्रसहित नगद १० हजार र ट्रफी पुरस्कार पाए । त्यस्तै फाइनलमा प्रतिस्पर्धा गरेको उत्कृष्ट १० प्रतियोगि मध्ये हविस भट्टराईले नगद ३ हजारसहित गायन तर्फको सान्तवना पुरस्कार पाँए ।



त्यस्तै ‘अर्जुनधारा डान्स एण्ड सिङ्गिङ् स्टार–२०७९’को नृत्य तर्फ अर्जुनधारा-२ की आकृति तामाङ विजेता बनिन् । उनले प्रमाण­पत्रसहित नगद ३० हजार र ट्रफी पुरस्कार प्राप्त गरिन् ।

कार्यक्रममा नृत्य विधाकी विजेता तामाङलाई न्यू होप अङग्रेजी माध्यमिक विद्यालयको तर्फबाट कक्षा ११ र कक्षा १२ मा पूर्ण छात्रवृत्ति प्रदान गर्ने विद्यालयका प्रबन्ध निर्देशक बालगोपाल गौतमले घोषणा गर्नुभएको थियो । उनी अहिले कक्षा १० मा अध्ययनरत छिन् ।

नृत्यतर्फ अर्जुनधारा-६ का अंकित कोइराला फस्ट रनरअफ भए । उनले प्रमाण­पत्रसहित नगद २० हजार र ट्रफी पाए । त्यस्तै अर्जुनधारा-५ का विशेष चौधरी सेकेन्ड रनरअफ भए । उनले प्रमाण­पत्रसहित नगद १० हजार र ट्रफी पुरस्कार पाए । नृत्य विधा तर्फ अर्जुनधारा-३ की लुजा मगरले नगद ३ हजारसहित सान्त्वना पुरस्कार पाइन् ।

कार्यक्रममा फिनालेमा पुग्न सफल दुवै विधाका अन्य सबै सहभागीहरुलाई प्रमाण­-पत्र र ट्रफी प्रदान गरिएको थियो । दुवै विधाका पहिलो, दोस्रो र तेस्रो हुने प्रतियोगिहरुलाई ग्राण्ड फिनालेका प्रमुख अतिथि बरिष्ठ संगित प्रशिक्षक कृष्ण योञ्जन, आयोजक सारेगम कला केन्द्रका अध्यक्ष सन्तोष आले, उपाध्यक्ष लक्ष्मी आङ्दाङवे लगायत पदाधिकारीहरु सह­आयोजक सचेत युवा समूह र डि वल्र्ड डान्स कम्पनी एण्ड साउण्डका पदाधिकारी, अर्जुनधारा ३ का वडाअध्यक्ष सिताराम भट्टराई, कैदले खानेपानी संस्थाका अध्यक्ष ढुण्डीराज गौतम, प्रतियोगिताका निर्णायकलगायतले पुरस्कार बितरण गर्नुभएको थियो ।

‘अर्जुनधारा डान्स एण्ड सिङ्गिङ् स्टार–२०७९’को फिनालेमा नृत्य तर्फ फूर्लामी गुरुङ, लुजा मगर, मेरीसा मगर, प्रतिक्षा गौतम, अनुष्का कोइराला, आकृती तामाङ, अंकित कोईराला, विशेष चौधरी, श्रृष्टी भुजेल र स्मृती मगरले प्रतिस्पर्धा गरेका थिए । त्यस्तै गायन विधा तर्फ संजिव भुर्तेल, अभिषेक मगर, अकुश कार्की, गगन चिमरिया, रिग्नेश साप्कोटा, शुभेक्षा मगर, यमुना तिवारी, सरोज खनाल, आकृति विष्ट र हविस भट्टराईले फाइनल राउण्मा प्रतिस्पर्धा गरेका थिए ।

अर्जुनधारा ३ खुदुनाबारीस्थित जनता माध्यमिक विद्यालयको प्राङ्गणमा भएको ग्रान्ड फिनालेमा गायनतर्फ कमला नेम्वाङ र दिपक रायमाझी तथा नृत्यतर्फ अमन गुप्ता र राज लावती निर्णायक रहनु भएको थियो । कार्यक्रममा भ्वाइस अफ नेपाल सिजन २ का सेकेन्ड रनरअप योगेश मगर, प्रथम माई नगर आइडल शान्ता थेगिम लिम्बू, हास्य कलाकार राकेश कमेडीलगायतले प्रस्तुति दिएका थिए ।

आयोजक संस्था सारेगम कला केन्द्रका अध्यक्ष सन्तेष आले मगरको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न कलाकार तथा व्यक्तित्वलाई नगद तथा सम्मान पत्रबाट सम्मान गरिएको थियो । अर्जुनधारा सचेत युवा समूह र डि वल्र्ड डान्स कम्पनी एण्ड साउण्ड सह­आयोजक रहेको उक्त प्रतियोगिताको अडिसन राउण्ड गत चैत २८ देखि शुरु भएको थियो । युथ अफ खुदुनाबारीले मुख्य प्रायोजन गरेको प्रतियोगितालाई अर्जुनधारा नगरपालिकाको बिषेश आर्थिक सहयोग रहेको आयोजक संस्थाका अध्यक्ष आलेले जानकारी दिनुभयो ।

एकसय जनाभन्दा बढी प्रतिस्पर्धीको सहभागिता रहेको प्रतियोगिताको अडिसन राउण्ड, मेघा राउण्ड र सेमी राउण्डबाट ग्रान्ड फिनालेका लागि दुवै विधातर्फ टप १० छनौट गरिएको थियो । फाइनल राण्डको कार्यक्रमको सञ्चालन मिलन श्रेष्ठ, अभिषेक विक र सोफिया आङदेम्बेले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
1
+1
2
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय