अर्जुनधाराका कृषकलाई धानको वीज बृद्धी सम्बन्धि २ दिने तालिम

Share :

अर्जुनधारा । अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्थाले धानबाली बृद्धि सम्बन्धि अगुवा कृषकसँग दुई दिने अभिमूखिकरण तालिम आयोजना गरेको छ । आगामी वर्ष धानको बीज बृद्धी गर्ने योजना अनुरुप तालिमको आयोजना गरिएको अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष प्रत्युस राना मगरले जानकारी दिनुभयो ।

उहाँले सहकारीले हाल धानको बीउमा नगरक्षेत्रका कृषकलाई आत्मनिर्भर बनाउन ८० विगाह क्षेत्रफलमा धानको रैथाने जातको बीऊ मात्र नभई वीउ, विक्री गरेर कृषकको जीवनस्तर उठाउने योजनाले अघि सारेको बताउनुभयो । धानसँगै सहकारीले रैथाने जातको मकैको बीऊ समेत उत्पादन गर्न कृषकलाई सहयोग गरिरहेको मगरले बताउनुभयो ।


अर्जुनधारा नगरको सभाहलमा तालिम बिहीवार र शुक्रवार संचालन हुने तालिमलाई कोशी प्रदेशका कृषि उद्योग तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले बिहीवार उद्घाटन गर्नुभएको थियो । तालिमको उद्घाटनपछि सम्बोधन गर्दै मन्त्री सिटौलाले नेपाल कृषि प्रधान देशमा बाह्य देशबाट खाद्यन्य लगायतका बस्तु आयात बढ्दो रहेकाले यसलाई रोक्न लाग्नु पर्ने बताउनुभयो । उहाँले कृषिमा भविश्य भएपनि कृषि पेशा अंगाल्नेहरुले नबुझिकन कृषि पेशा गरेका कारणले कृषकले वर्षेनि ठूलो क्षति व्यहोर्नु परेको बताउनुभयो । मन्त्री सिटौलाले कृषि कर्म गर्दा सम्वन्धित वालीको विषयमा पर्याप्त ज्ञान लिएर मात्र पेशा अंगाल्न सुझाव दिनुभयो ।

त्यस्तै अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेव सिंह गोम्देनले स्थानीय सरकारले कृषि उत्पादनमा सहयोग पु¥याउन विभिन्न खाले कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । उहाँले नगर क्षेत्र भित्र उत्पादन भएका बस्तुले अहिले बजार नपाउने गरेको बताउँदै बजारको खोजी गर्न संघीय सरकार र प्रदेश सरकारलाई आग्रह गर्नुभयो । स्थानीय सरकारको बजेटले मात्रै नगरले लिएको लक्ष्य सम्भव नहुने भएकाले प्रदेश र संघीय सरकारसँग समन्वय र सहयोग पु¥याउन तामाङले आग्रह गर्नुभएको थियो ।

सहकारीले गर्तबर्ष ४५ विगाह क्षेत्रफलमा बिभिन्न ६ वटा जातका २ हजार १ सय ५० मन अर्थात ८६ हजार केजि धानको बिऊ उत्पादन गरेको थियो । यो बर्ष ८० विगाहमा बिभिन्न ९ जातका धानको बिऊ उत्पादन गर्ने लक्ष्य रहेको सहकारीका कृषी प्राविधिक कुलचन्द्र गौतमले जानकारी दिनुभयो ।

संस्थाले यस अघि दिएको तालिममा सहभागी भएर कृषिलाई व्यवसायिकरण गरेर उन्नत जातका बीउ, बीजन प्रयोग गरी उत्पादनमा जोड दिएको भन्दै कृषकहरुलाई सोही कार्यक्रममा सम्मान समेत गरिएको थियो ।

तालिममा ६० जना भन्दा बढीको सहभागीता रहेको बताईएको छ । तालिमलाई कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्ट, पशु शाखा अर्जुनधाराका प्रमुख पदमलाल राई, सहकारीका कृषी प्राविधिक कुलचन्द्र गौतम लगायतले सहजिकरण गर्नुहुने छ ।

पूर्व सांसद वृख प्रधान, कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्ट लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा संस्थाकी सदस्य देवकला प्रसाईले स्वागत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सहकारीका उपाध्यक्ष छत्र पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय