व्यवसायी भट्टराईले निर्माण गरेको मायादेवी कम्प्लेक्स सञ्चालनमा

Share :

बिर्तामोड । झापाकोे बिर्तामोडमा मायादेवी कम्प्लेक्स सञ्चालनमा आएको छ । कम्प्लेक्सलाई व्यवसायी निर्मल भट्टराईले निर्माण तथा संचालन गर्नुभएको हो ।

बिर्तामोडको सिटी सेन्टर नजिकै धर्मकाँटा रोडमा निर्माण भएको कम्प्लेक्स बिहिबारबाट सञ्चालनमा आएको हो ।

पाँच तलाको कम्प्लेक्स पूर्व पश्चिम राजमार्गसँग जोडिएको छ । कम्प्लेक्सको बिहिबार एक कार्यक्रमकाबिच उद्घाटन गरिएको हो ।


बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतारा प्रसाई र सञ्चालक भट्टराईकी आमा मायादेवी भट्टराईलले उद्घाटन गर्नुभएको थियो ।

व्यवसायीक भवनको दोस्रो तलामा व्यवसायी भट्टराईले संचालन गर्नुभएको एभरेस्ट लार्ज कार्डमम प्रालि, पूर्वाञ्चल इन्भेस्टमेन्ट प्रालि, मेची पोल्ट्री प्रालि र एनएस प्रालिको कर्पाेरेट अफिस सञ्चालनमा रहेको छ ।

पहिलो तल्लामा बैक तथ भुई तल्ला र तेस्रो तल्लामा पनि विभिन्न व्यवसायहरु संचालन भएका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय