शिवसताक्षी नगरपालिकाको एक वर्षे कार्यप्रगति सार्वजनिक

Share :

बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिकाले एक वर्षे कार्यप्रगति सार्वजनिक गरेको छ । आज पत्रकार सम्मेलन गर्दै एक वर्षमा नगरपालिकाले गरेका कामहरु सार्वजनिक गरिएको हो ।

नगर प्रमुख रोशन थोप्राले एक वर्षको कार्य प्रगति विवरण सार्वजनिक गर्दै नगरवासीको हितमा निरन्तर क्रियाशिल रहने प्रतिवद्धता जनाउनुभयो । उहाँले स्रोतसाधनको उपलब्धता र नीति नियमको परिधिमा रहेर जनसेवामा क्रियाशिल भइरहेको जानकारी दिनुभयो ।


नगर प्रमुख थोप्राले भौतिक पूर्वाधार, कृषि तथा पशु, पर्यटन क्षेत्र, सामाजिक तथा सांस्कृतिक विकास, शिक्षा, स्वास्थ्य, वातावरण तथा विपद व्यवस्थापन, सार्वजनिक सेवा तथा सुशासन, नीतिगत सुधार लगायतका बारेमा प्रगति विवरण सार्वजनिक गर्नुभएको थियो ।

नगरको श्रोतबाट रंगियथान तथा मंगलवारे पारावारी कालोपत्रे सम्पन्न भएको थोप्राको भनाई छ । उहाँका अनुसार माइधार दोमुखामा कालोपत्रे गर्ने काम जारी छ । झिलझिले, दुधे शिवगञ्ज तथा धरमपुर पारावारी कालोपत्रे सडक मर्मत गरेको शिवसताक्षीले वडा कार्यालयको निर्माण लगभग सकेको छ । झिलझिले बसपार्कमा २ वटा ब्लक भवन निर्माण सम्पन्न भइसकेको नगर प्रमुख थोप्राको भनाई थियो ।

पत्रकार सम्मेलनमा उहाँले कृषि क्षेत्रमा व्यापाक काम भएको बताउनुभयो । कृषि तथा पशुको क्षेत्रमा नगरवासीको आवश्यकतालाई मध्यनजर गर्दै काम भएको, कृषि बजार निर्माणदेखि नगरपालिकाले पकेट क्षेत्रमा अनुदान वितरण, मलविऊमा अनुदान, साझेदारीमा ३ सय किसानलाई मोटर तथा पाइप वितरण गरिएको मेयर थोप्राले जानकारी दिनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख नरमाया कार्कीले न्याय सम्पादन र महिलाहरुको निमित्त भएका कामहरुको बारेमा जानकारी दिनुभएको थियो । उहाँले नगरको न्यायिक समितिबाट अधिकांश मुद्दा मेलमिलाप भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय