बिर्तामोडको अभियान व्यवसायीकै हितमा : नेता खरेल

Share :

बिर्तामोड । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री अग्नी खरेलले बिर्तामोडको बुधबारे हटिया निर्माणमा सबैको एकता जरुरी रहेको बताउनु भएको छ । उहाँले एकताबाटै विकास निर्माण संभव हुने बताउनुभयो ।

बिर्तामोड-५ मा रहेको उक्त बुधबारे हटिया (देवी हाट) मा नगरपालिकाले सोमवार संरचना खाली खराएको छ । पटक-पटक सूचना जारी गर्दा पनि व्यापारीले ठाउँ नछोडेपछि डोजरको प्रयोग गरिएको थियो ।

नगरको स्वामित्वमा रहेको उक्त जमिन स्वर्गीय देविप्रसाद प्रसाईले दान गर्नुभएको हो । जमिनको संरक्षण र नयाँ भवन निर्माणका लागि नगरपालिकाले सुरु गरेको अभियान व्यवसायिको हितमै रहेको नेता खरेलको भनाई छ ।


उहाँले भन्नुभयो, “नयाँ बन्ने भवन व्यवसायी कै निमित्त भएकाले आपत्ति जनाउन हुदैन । धैर्यताले मात्रै विकास हुने हो ।”
उक्त स्थानमा नगर विकास कोषले ९० प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाइसकेको छ । पूर्व मन्त्री खरेलले बुधबारे हटिया निर्माणको लागि नगरपालिकालाई आवश्यक सहयोग गर्ने प्रतिक्रिया दिनुभएको छ । “भवन निर्माणमा ढिलाई हुदैन, कोषसँग आवश्यक समन्वय हुन्छ”-उहाँले थप्नुभयो। कोषसँग आवश्यक समन्वय गरेर भवन निर्माणमा ढिलाई गर्न नदिने खरेलको भनाई छ ।

बुधबारे हटियाका सन्दर्भमा दलहरुबीच भएको सहमति कार्यन्वयन गरेकोमा नगरपालिकालाई धन्यवाद दिदैं उहाँले भन्नुभयो-“अब व्यवसायीको निमित्त भवन निर्माणमा योगदान गरौं, दलहरुबीचको छेडछाड बन्द गर्नु सबैकालागि हित हुन्छ” बुधबारे हटियामा निर्माण हुने नयाँ व्यापारिक भवनले समग्र बिर्तामोडलाई फाइदा पुग्ने उहाँको धारणा छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय