बिर्तामोडको बुधबारे हटिया खाली गर्न चलाईयो डोजर

Share :

बिर्तामोड । बिर्तामोड नगरपालिकाले बिर्तामोड–५ मा रहेको बुधबारे हटिया (देवी हाट)को संरचना खाली गराएको छ । नगरपालिकाले आज १० वटा डोजरको प्रयोग गरेर हटियाको संरचना खाली गराएको हो ।

बिर्तामोड नगरपालिकाले बुधबारे हटियामा डोजर चलाउन पूर्व पटक–पटक व्यपारिहरुलाई यो जमिन खाली गरिदिन आग्रह गरेको थियो । नगरपालिकाको आग्रह व्यपारिहरुले बेवास्ता गरेपछि आज उक्त स्थानमा डोजरको प्रयोग गरि ठाँउ खाली गराइएको हो ।


आज दिउँसो करिब १२ बजेबाट ठाउँ खाली गर्न थालिएको काम सम्पन्न भएको छ । नगरपालिकाले हटियामा डोजर चलाउन सुरु गरे पछि व्यापारिहरुले आ–आफ्नो सामान निकालेका थिए । उनीहरुले आफ्नो सामानलाई सुरक्षित तवरले हटियाबाट निकालेका छन् ।

नगरले डोजर चलाउन पूर्व पटक–पटक सूचना जारी गर्दै सामान निकाल्न आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय