बिर्तामोड खानेपानीमा स्वतन्त्र प्रगतिशील प्यालनको उम्मेद्वारी घोषण

Share :

बिर्तामोड । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको जेठ १९ गते हुने निर्वाचनका लागि स्वतन्त्र प्रगतिशील प्यालनले उम्मेद्वारी घोषण गरेको छ ।

नौ सदस्यीय कार्यसमितिका लागि देवेन्द्र सिटौलाको नेतृत्वमा स्वतन्त्र प्रगतिशील प्यालन चुनावी मैदानमा उत्रिएको हो । संस्थाको उपाध्यक्षका लागि प्रदीप खरेल, सचिवमा विष्णुप्रसाद चुडाल, कोषाध्यक्षमा विनिता राजवंशी, खुला सदस्यमा छत्रबहादुर श्रेष्ठ र उमेश उप्रेती, महिला सदस्यमा तारा राई, पुनम अधिकारी र सीमा सिलवाल ढुंगाना उम्मेदवार बन्नुभएको छ ।


नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका दल एवम् स्वतन्त्र व्यक्तिहरु मिलेर ‘स्वतन्त्र प्रगतिशील प्यानल’ बनाएर चुनावी मैदानमा उत्रिएका हुन् ।

पत्रकार सम्मेलनमा अध्यक्षका प्रत्यासी सिटौलाले हालको महसुल दर घटाएर २०० बनाउने, नयाँ धारा जडान १३ हजारबाट ९ हजारमा झार्ने, सडकमा निःशुल्क धारा जडान गर्ने लगायतको कार्ययोजना सुनाउनुभयो । उहाँले आफुले बोल्ने भन्दा पनि काम गरेर देखाउँने दावी गर्नुभयो ।

त्यस्तै, उपाध्यक्षका उम्मेदवार खरेलले हाल पानी धेरै महँगो भएका र उपभोक्ताको अपेक्षा अनुसार काम नभएको उल्लेख गर्नुभयो । उहाँले सर्वसुलभ र गुणस्तर सेवा दिनका लागि उम्मेदवारी दिएको बताउनुभयो ।

यस्तै, सचिवका उम्मेदवार चुडालले संस्थाको कार्यालय व्यवस्थापनमा समस्या भएको बताउँदै संस्थामा सुशासन कायम गर्दै स्वच्छ र सर्वसुभल पानीको उपलब्ध गराउन आफू चुनावी मैदानमा उत्रिएको सुनाउनुभयो ।

यस्तै, सदस्य पदका उम्मेदवारहरुले पानीको महसुल र धारा जडान महँगो, स्वच्छ पानी नभएका पानीमा स्वच्छता र शुद्धता ल्याउने, उपभोक्ताको हित र संस्थाको समग्र विकासका आफूहरुको उम्मेदवारी भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय