सदस्य सचिव वाग्लेलाई पुनर्बहाली गर्न उच्च अदालतको आदेश

Share :

बिर्तामोड । दुई दिनअघि बर्खास्तीमा परेका कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई अदालतले पुनर्बहाली गर्न आदेश दिएको छ ।

बर्खास्त गरिएपछि वाग्ले न्यायका लागि अदालत गएका थिए । आज उच्च अदालत मोरङले वाग्लेलाई पुनर्बहाली गर्न सामाजिक मन्त्रालयलाई अन्तरिम आदेश दिएको हो ।

अदालतले आउँदो बिहीबार छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । सामाजिक विकास मन्त्रालयसँग समन्वय नगरी काम गरेको भन्दै वाग्लेलाई बर्खास्त गर्ने प्रदेश सरकारले निर्णय गरेको थियो ।


गत बैशाख १४ गतेदेखि १६ गतेसम्म झापाको दमकमा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको ब्यानरमा आयोजकको रुपमा कोशी प्रदेशको नाम उल्लेख नभएको भन्दै उनलाई मन्त्रालयले दुईपटक स्पष्टीकरण सोधेको थियो ।

सदस्य सचिव वाग्लेले राजनीतिक प्रतिशोधका आधारमा आफूलाई हटाइएको बताएका थिए । आफूले राम्रो गरेको र मन्त्रीको बदमासीका कारण बर्खास्त गरिएको उनको भनाइ रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय