बिर्तामोडमा टाटाको ‘नेक्सन इभी म्याक्स’को विक्री सुरु

Share :

बिर्तामोड । टाटा मोटर्सको नेपालकालागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले टाटाको ‘नेक्सन इभी म्याक्स’ बिर्तामोड स्थित अलास्का अटोमोवाइलमा एक कार्यक्रम गरी सार्वजनिक गरेको छ । यातायात क्षेत्रको द्रुत विद्युतीकरण गर्ने आफ्नो प्रतिवद्धता अनुरुप टाटा मोटर्सले आजबाट नेक्सन इभी म्याक्सको बिर्तामोडमा विक्री-वितरण शुभारम्भ गरेको हो ।

सो कार्यक्रममा संबिधानसभाका सदस्य सुधिरकुमार शिवाकोटी, प्रदेश सांसद उद्धव थापा, सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का तर्फबाट प्यासेन्जर भेहिकलका महाप्रबन्धक सावन्तजंग सिजापती, टाटा मोटर्सका तर्फबाट नेपालकालागि कन्ट्रि म्यानेजर प्रशन्न रंगनाथन, अलास्का अटोमोवाइलका संचालक तथा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी लगायतले गाडी सार्वजनिक गर्नुभएको थियो ।


‘नेक्सन इभी म्याक्स’ कम्पनीको सर्वोत्कृष्ट ढंगले विक्री भइरहेको नेक्सन इभीको विस्तारित स्वरूप हो । यो गाडी ७.२ किलोवाट चार्जिङ्गको व्यवस्था सहित ४६ लाख ४९ हजारको आकर्षक मूल्यमा उपलब्ध हुने बताइएको छ । उत्कृष्ट एवं दिगो “मोबिलिटी”मा विश्वास राख्ने ग्राहकहरुलाई लक्षित नेक्सन इभी म्याक्सले देशको समग्र विद्युतीय सवारी साधनको बजारलाई नयाँ उचाई पुर्याउने कम्पनीले अपेक्षा गरेको टाटा मोटर्सका तर्फबाट नेपालकालागि कन्ट्रि म्यानेजर प्रशन्न रंगनाथनले बताउनुभयो । उच्च भोल्टेजको उच्चतम जिपट्रन प्रविधियुक्त यो विद्युतीय गाडी इन्टेन–टिल, डेटना र प्रिसटिन गरी तिनवटा आकर्षक रङ्गहरुमा उपलब्ध रहेको बताइएको छ । त्यसैगरी, स्ट्यान्डर्ड रङ्गको रुपमा डुएल टन बडी पनि उपलब्ध रहेको बताइएको छ ।

कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का तर्फबाट प्यासेन्जर भेहिकलका महाप्रबन्धक सावन्तजंग सिजापतीले ४०.५ किलोवाट–प्रति घण्टा क्षमता भएको लिथिएम ब्याट्री प्याक जडित नेक्सन इभी म्याक्सको ब्याट्रीको क्षमता अन्य ब्याट्रीहरु भन्दा ३३ प्रतिशतले बढी रहेको जानकारी दिनुभयो । उहाँले यो गाडीले विनाकुनै झञ्झट एआरएआईद्वारा प्रमाणित ४५३ किलोमिटर लामो रेञ्जको प्रत्याभूति गर्ने बताउनुभयो । यसले ११० किलोवाट बराबरको शक्तिको अतिरिक्त पेडल थिच्ने बितिक्कै २५० एनएम बराबरको टर्क पैदा गर्ने बताइएको छ ।

त्यस्तै यस गाडीमा प्रयोग हुने ७.२ किलोवाटको एसी फास्ट चार्जर घर वा कार्यालयमा जडान गर्न सकिने बताइएको छ । जसले ६.५ घन्टाको छोटो अवधिमा नै फुल चार्जिङ्ग गर्ने छ । । नेक्सन इभी म्याक्सको ब्याट्री कुनै पनि ५० किलोवाटको डिसी फास्ट चार्जरको माध्यमबाट ५६ मिनेटमा ० देखि ८० प्रतिशत सम्म चार्ज हुने भएकाले यो आफैमा अभूतपूर्व रहेको सिजापतीले बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्नुहुदै सिजापतीले भन्नुभयो “हामिले नेक्सन इभीको नयाँ संस्करण नेक्सन इभी म्याक्स बिर्तामोडमा सार्वजनिक गर्न पाउँदा अत्यन्तै खुशी तथा उत्साहित छौ । नयाँ बिशेषताहरु र थप सुविधायुक्त यस गाडीले हाम्रा ग्राहकहरुको विश्वास जित्न सफल हुने कुरामा विश्वस्त रहेका छौं । आगामी दिनमा पनि यहाँहरुको साथ र सहयोग यसैगरी निरन्तर रहिरहने छ भन्दै भविष्यमा पनि नयाँ तथा आधुनिक विशेषतासहित सेवादिन सदैव प्रतिबद्ध रहेका छौं ।”

के-के छन् त अन्य बिशेष्ता ?

नेक्सन इभी म्याक्सको भित्री एवं बाहिरी बनावट बीच एक साँच्चै सुन्दर सामान्जस्यता छ । सेन्ट्रल कन्सोलमा व्यापक परिमार्जन गरी यसमा एक्टिभ मोड डिस्प्ले, मकरानाबिज इन्टेरिएर र अगाडि बस्ने यात्रुको लागि भेन्टिलेसन सहितको लेदरेट सिट, एअर प्युरिफाएर, वायरलेस स्मार्ट फोन चार्जिङ्ग जस्ता सुविधाहरु भएको ज्वेवेल्ड सेन्ट्रलनबको व्यवस्था छ।नेक्सन इभी म्याक्स इको, सिटि र स्पोर्ट गरी जम्मा तिनवटा मोडहरुमा उपलब्ध छ ।

यस गाडीमा मल्टी–मोड रिगेनको विशेषता छ, जसले चालकलाई फ्लोर कन्सोल रहेको स्विच मार्फत रिजेनेरेटिभ ब्रेकिङ्गको लेभललाई सहज तरिकाले मिलाउन सहयोग गर्दछ। ड्राइभिङ्ग अवस्था अनुरुप रिगेनको चार विभिन्न लेबलहरु मध्ये एक प्रयोग गर्न सकिन्छ । लेभल ० मा शुन्य रिक्युपरेटिभ ब्रेकिङ्ग देखि लेभल ३ सम्म एउटै पेडल प्रयोग गरी गाडी हाँक्न सकिन्छ।

नेक्सनइ इभी म्याक्समा एक अर्को अभुतपूर्व विशेषता छ, जसमा यसको ब्रेक ल्याम्प रिगेन निश्चित लेभलमा पुगेपछि परिवर्तन हुन्छ । यसले सडकका अन्य चालकहरुलाई सचेत गराउन मद्दत गर्दछ । यस विद्युतीय एसयुभीमा सुरक्षाको निम्ति आइ–भीबिएसी सहितको इएसपी, हिलहोल्ड, इलेक्ट्रोनिक पार्किङ्ग ब्रेक र चारवटा डिस्क ब्रेक लगायतका गुणहरु छन्। त्यस्तै ८ वर्ष वा १६०,००० किलोमिटरको वारेन्टी भएको ब्याट्री र मोटर टिकावट र विश्वसनीयताको लागि आइपी सिक्स सेभेनद्वारा प्रमाणित रहेको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
1
+1
1
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय