सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज ल्याउँदै

Share :

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गर्ने भएको छ ।

शुक्रबार दिउँसो बस्ने संसदका दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुने छ ।


भारतमा स्वास्थ्य उपचार गराएर फर्किएपछि शीतल निवासमै आराम गरिरहुन भएका राष्ट्रपति पौडेल आफैंले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने राष्ट्रपति कार्यालयले जनाएको छ ।


यसअघि राष्ट्रपति पौडेलको कमजोर स्वास्थ्य अवस्थाका कारण नीति तथा कार्यक्रम कसले प्रस्तुत गर्ने भन्ने दुविधा थियो । तर, पछिल्ला दिनमा पौडेलको स्वास्थ्यमा सुधार आएकाले उहाँ आफैले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपतिको सम्बोधनपछि बस्ने प्रतिनिधिसभाको बैठकले राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय