बिर्तामोडमा २ दर्जन भन्दा बढी कुष्ठरोगी

Share :

झापा । बिर्तामोड नगरपालिका क्षेत्रभित्र कुष्ठरोगीको संख्या २९ पुगेको छ । नगरपालिकाको स्वास्थ्य शाखाले आज बिहिबारबिर्तामोडमा आयोजना गरेको कुष्ठरोग घरदैलो खोजपड्ताल कार्यक्रम अन्तर्गत सरोकारवाला निकायसंग अन्तरक्रिया कार्यक्रममा यस्तो जनाइएको हो । जसमा वालवालिका ४ जना रहेका छन् । काक्तिक महिना यताबिर्तामोड नगरअस्पतालमा ६ जना कुष्ठरोगी फेला परेको जनाइएको छ । संकास्पद लक्षण देखिएका १८ जनाको जाँच गर्दा ६ जनामा पोजेटीभ देखिएको हो ।

कुष्टरोगका कारण बिर्तामोडमा बिर्तामोडमा ६ जना अपांगसमेत भएका छन् । यस्तै १ जनामा कुष्ठरोग पुन बल्झिएको जनाइएको छ । अन्य वडाको तुलनामा बिर्तामोड १०मा कुष्ठरोगीको संख्या बढी रहेको सिनियर अहेब अधिकृत तथा फोकल पर्सन दिपक सापकोटाले जानकारी दिनु भयो । यस वडामा कुष्ठरोगीको ९ रहेको छ ।

कुष्ठरोगको जोखिममा रहेको १० नम्बर वडामा रोग पहिचानका लागि घर घरमा तालिम प्राप्त स्वास्थ्यकर्मी पठाइने भएको छ । अभियानकै रुपमा जेठ ६ गतेदेखि १० गतेसम्म कुष्ठरोगको संकास्पद लक्षण भएका बिरामी खोजी गर्ने अभियानको तयारी रहेको सापकोटाले बताउनु भयो ।


अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले स्वास्थ्यकर्मीहरुलाई कुष्ठरोग नियन्त्रणका लागि समुदाय स्तरमा डटेर लाग्न निर्देशन दिनु भयो । बिर्तामोडलाई कुष्ठ रोगमुक्त नगरपालिका घोषणा गर्ने गरि काम गर्न जोड दिँदै उहाँले नगरलाई क्षयरोग,कुष्ठरोग लगायतका रोगहरु मुक्त बनाउनु पर्ने बताउनु भयो ।

यस्तै सर्नेरोगहरुको क्षेत्रमा काम गर्दै आएको संस्था एनएलएफका राष्ट्रिय निर्देशक एन्डु सिथ्लिंगले पालिकाको प्रत्येक विद्यालयलाई माध्यम बनाएर कुष्ठरोग नियन्त्रणका कार्यक्रमहरु गर्नु पर्ने बताउनु भयो ।

यस्तै कार्यक्रममा बोल्दै एनएलएफदिपक घिमिरेले झापामा अहिले प्रति दश हजार जनसंख्यामा २ जना भन्दा बढीलाई कुष्ठरोग देखा पर्ने गरेको बताउनु भयो । उहाँले बिर्तामोडमा प्रति वर्ष २० जना नयाँ बिरामी उपचारमा आउने गरेको पनि बताउनु भयो ।

अन्तरक्रिया कार्यक्रममा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपाने, वडा नम्बर १०का वडाअध्यक्ष दुर्योधन गुरुङ्ग, कार्यपालिका सदस्य यमुना आचार्य, लगायत जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय