ट्रयाक्टरबाट झरेर दई विद्यार्थीको मृत्यु, दुई घाइते

Share :

झापा । पाँचथरमा ट्रयाक्टरबाट झरेर दई जना विद्यार्थीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार मेची राजमार्गअन्तर्गतको फिदिम–भारपा सडकखण्डको हिलिहाङ गाउँपालिका ७ साम्मेवामा ट्रयाक्टरबाट झरेर दुई बालिकाको ज्यान गएको हो ।

ट्रयाक्टर चढेर जय भवानी आधारभूत विद्यालय जाँदै गरेका १३ बर्षिया पुजना सुवेदी र ९ बर्षिया गंगा सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ । चालकको सिटको छेउमा रहेको दुई विद्यार्थी ट्रयाक्टरबाट झरेपछि ट्रयाक्टरले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुवँरले हिलिहाङ गाँउपालिका–७ निवासी कमल सुवेदीका दुई छोरी पुजना र गंगाको मे १ त २९६१ नम्बरको ट्रयाक्टरबाट खसेर मृत्यु भएको जानकारी दिनुभयो । हेवाखोलादेखि बालुवा लिएर सल्लेरी जाँदै गरेको ट्रयाक्टर चढेर विद्यालय जाँदै गरेका पुजना र गंगाको बुधबार बिहान मृत्यु भएको हो ।


यसैगरी, दुई जना घाइते भएका छन् । घाइतेको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने ट्याक्टर चालक फरार रहेको प्रहरी निरीक्षक कुवँरले जानकारी दिनुभयो । दुई विद्यार्थीको मृत्यु भएपछि चालक भाग्दा ट्रयाक्टर दुर्घटना भएको थियो ।

सोहि क्रममा डालामा बालुवामाथि बसेका दुई जना विद्यार्थी घाईतेसमेत भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त ट्रयाक्टरमा ११ जना विद्यार्थी चढेका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय