बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली खरिद गर्ने

Share :

काठमाडौं । बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली खरिद गर्ने भएको छ।

दुई देशबीचका सचिवस्तरीय ‘जोइन्ट स्टेयरिङ कमिटी‘ बैठकले बंगलादेश ४० मेगावाट बिजुली खरिद गर्न सहमत भएको हो।

नेपालको बिजुली भारत हुँदै लैजानुपर्ने भएकाले भारतसहित त्रिपक्षीय बैठक गर्नेबारे पनि दुई देश सहमत भएका छन्। नेपालबाट भारत हुँदै बंगलादेश विद्युत् निर्यात गरी आउँदो सिजनदेखि पावर ट्रेडिङ सुरु गरिनेछ।


दुई देशबीच विद्युत् व्यापारका लागि डेडिकेटेड प्रसारण लाइन निर्माण गर्ने विषयमा पनि छलफल भएको छ। त्यसका लागि भारतलाई मनाउनुपर्ने भएकाले त्रिपक्षीय बैठक बस्ने तयारी छ।

४० मेगावाट बिजुली परीक्षणस्वरुप लैजाने सहमति गत वर्ष भदौमै नेपाल र बंगलादेशबीच सहमति भएको थियो।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय