प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच बालुवाटारमा भेट

Share :

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको छ । भेटमा संसद् बैठक, नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको छ ।

भेटमा प्रधानमन्त्रीले आजबाट समितिहरुको बैठक सुरु भएपछि संसद्ले लय समातेको बताउनुभयो । उहाले संसदमा विचाराधिन विधेयकहरु टुंगो लगाउन अब सहज हुने अपेक्षा गरेको धारणा राख्नुभयो ।

दाहालले सभामुखका तर्फबाट संसद् सञ्चालनका लागि सबै दलसँग भएको समन्वय र सहकार्यको प्रयास सरहनिय भएको बताउनुभयो ।


प्रधानमन्त्री दाहालले सरकारकाले जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको जानकारी दिनुभयो ।

सो क्रममा सभामुख घिमिरेले सदन सञ्चालनका लागि सरकार र राजनीतिक दलका तर्फबाट प्राप्त सहयोगका लागि धन्यवाद दिनुभएको थियो ।

उहाले भन्नुभयो “आजबाट समितिको बैठकहरु उत्साहपूर्ण रुपमा सुरु भएका छन् , संसद सचिवालयले नीति तथा कार्यक्रम र बजेटको तयारी गरिसकेको छ, सदनमा उठेका विषयमा सरकारको जवाफ नपाएको माननीयहरुको गुनासो छ, प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिनुहुन्छ भन्ने विश्वास लिएको छु ।”

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय