बिर्तामोडमा जेठ ६ गतेदेखि सुपर सिक्स क्रिकेट प्रतियोगिता हुने

Share :

बिर्तामोड । बिर्तामोड नगरपालिकाको खेलकुद विकास समितिको आयोजनामा जेठ ६ गतेदेखि ‘प्रथम कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता’ आयोजना हुने भएको छ ।

डोमालाल राजबंशी खेल मैदानमा हुने प्रतियोगितामा सहभागि हुन १७ वटा टिमले नाम दर्ता गराइसकेको खेलकुद विकास समितिका अध्यक्ष बिकास गिरीले जानकारी दिनुभयो । टिम दर्ता गर्ने समय अझै बाँकी रहेकाले टिमको संख्या अझ बढ्न सक्ने उहाँले बताउनुभयो ।

प्रतियोगिताको बिजेता टिमलाई १ लाख, दोस्रोलाई ५० हजार रुपैंयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक समितिले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । यसैगरी खेलको म्यान अफ द टुर्नामेन्टलाई १० हजार रुपैंयाँ, वेस्ट ब्याट्स म्यान र बेस्ट बलरलाई जनही ५ हजार १००, प्रत्येक खेलको म्यान अफ द म्याचलाई २ हजार १०० रुपैंयाँ पुरस्कार दिने आयोजकले जनाएको छ । प्रतियोगितामा हिट बोर्डको ब्यवस्था गरी बिभिन्न आकर्षक पुरस्कार प्रदान गर्ने तयारी रहेको कार्यक्रम संयोजक बिशाल अग्रवालले जानकारी दिनुभयो ।


आयोजकले प्रतियोगिताको फाइनल खेल राती सम्पन्न गर्ने तयारी गरेको छ । जसका लागि फ्लड लाईट जडान गरिने बताइएको छ । प्रतियोगितामा बिर्तामोड घर भएका राष्ट्रिय फुटबल टिमका सहायक प्रशिक्षक प्रवेश कटुवाल, राष्ट्रिय फुटबल टिमका खेलाडी निशान खड्का र अभिषेक बराललाई सम्मान गरिने भएको छ ।

जेठ ७ गते समापन हुने प्रतियोगितामा कुटुम्ब ब्याण्डको प्रस्तुती रहने छ । प्रतियोगितालाई बिर्तामोडको ग्राण्ड प्यासिफिक होटल, गरिमा मल्टिप्रपोज र ओम काष्टिङ उद्योगले प्रायोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
2
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय