प्रेस युनियन झापाको अध्यक्षमा गिरीराज भट्टराई निर्वाचित

Share :

बिर्तामोड । नेपाल प्रेस युनियन झापा शाखाको अध्यक्षमा गिरीराज भट्टराई निर्वाचित भएका छन् । बिर्तामोडमा आज (आइतवार) भएको युनियनको १० औं जिल्ला अधिवेशनबाट भट्टराई निर्वाचित हुनुभएको हो ।

भट्टराईले ६६ मत ल्याउदा उनका प्रतिस्पर्धी राजेन्द्र गौतमले ५२ मत र अर्का अध्यक्षका उम्मेद्वार मनकुमार शर्माले १ मत ल्याउनुभएको थियो । समितिको उपाध्यक्षमा इश्वर अधिकारी, सबिना लिम्बु, सचिवमा अर्जुन राजवंशी, सह–सचिबमा जशोदा राजवंशी र कोषाध्यक्षमा ओमप्रकाश भट्टराई चयन हुनुभएको छ ।

त्यस्तैगरी सदस्यमा रणदेब हजाम, अनुषा चुडाल, तलु बास्के, शान्ति सुब्वा, बिष्णु श्रेष्ठ, ज्योस्ना श्रेष्ठ, कौशल भण्डारी, तुलसीप्रसाद निरौला, देबेन्द्र प्रसाई, पोषराज कटुवाल, युवराज रेग्मी, रन्जीत परियार र बिष्णुप्रसाद पौडेल चयन हुनुभएको छ ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय