बंगलादेशमा शक्तिशाली आँधी आउने चेतावनी, ५ लाख मानिसलाई सुरक्षित स्थानमा सारियो

Share :

एजेन्सी । बंगलादेशमा आँधीको चेतावनीसँगै ५ लाख सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

बंगलादेश सरकारले १५ सय अस्थायी शिविर निर्माण गरी ५ लाख सर्वसाधारणलाई स्थानान्तरण गरेको हो । मोचा नामको आँधीले आइतबार साँझ जमिनको सतहमा टक्कर दिने प्रक्षेपण गरिएको छ । प्रतिघण्टा १ सय ७० किलोमिटरको बेगले आउने आँधीको मुख्य प्रभाव बंगलादेशको कक्स बजारमा पर्ने सक्ने आँकलन गरिएको छ ।

सोही बजारमा करिब १० लाख शरणार्थी अस्थायी घरहरुमा बसोबास गर्दै आएका छन् । हाल बंगलादेशमा भारी वर्षा भइरहेको छ । आँधीको साइरनसहित रातो झण्डा फहराईएको छ । यसैबीच पोखरीमा माछा मार्ने काम बन्द गर्न माझीहरुलाई आदेश दिइएको छ ।


केही दिनसम्म सक्रिय रहने मोचा आँधीले बाढी पहिरो समेत आउन सक्ने चेतावनी पनि जारी गरिएको छ । बंगलादेशको दुई दशकको इतिहासमा आउन लागेको सबै भन्दा शक्तिशाली आँधी हुने अनुमान मौसम विदहरुले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय