नेपालमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

Share :

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४७ जनामा पीसीआर परीक्षण गर्दा ११ जना र दुई हजार १६७ जनामा एन्टिजेन परीक्षण गर्दा २६ जना गरी ३७ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण कसैको मृत्यु भएको छैन । सोही समयमा १४ जना कोरोना संक्रमण मुक्त भएका छन् ।


हाल देशभर कोरोनाको सक्रिय सङ्क्रमितको संख्या १२६ रहेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय