पहिचानबादी आन्दोलनका घाइतेको उपचारमा काङ्ग्रेसको चासो

Share :

झापा। कोशी प्रदेश नामाकरण विरुद्ध पहिचानबादी आन्दोलनका क्रममा दुइदिन अघि दमकमा घाइते भएकाहरुको उपचारमा कुनै कमी ९कमजोरी० हुन नदिन नेपाली काङ्ग्रेस झापाका सभापति देउकुमार थेबेले बीएण्डसी अस्पताल ब्यवस्थापन समितिलाई आग्रह गरेका छन् ।

मंगलबार बेलुका दमकमा भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागि अर्जुनधारा नगरपालिका–११ कि निर्मला लिम्बू र चुलाचुली–१ का गजेन्द्र फागोको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भैरहेको छ । उपचाररत उनीहरूको स्वास्थ अवस्था बुझ्न अस्पतालमा पुगेका थेबेले घाइतेको उपचारका बिषयमा सरकारसग कुरा भइरहेको र प्रदेश र केन्द्र सरकारमार्फत उपचारमा लाग्ने खर्च जुटाउने आश्वासन सभापति थेबेले दिएका हुन् ।

शान्तिपूर्ण आन्दोलन र वार्ता तथा सम्बादमार्फत मात्रै समस्याको समाधान निस्कने बताउदै सभापति थेबेले आन्दोलनरत पक्षलाई आन्दोलन शान्तिपूर्ण बनाउन समेत आग्रह गरे । उनले संयुक्त वार्ता टोली बनाएर वार्ता र सम्बादमार्फत समाधान खोज्न कोशी प्रदेश सरकार र सङीय सरकारलाई आग्रह समेत गरे ।


नेपाली काङ्ग्रेस झापा सभापति थेबे, सचिब कृष्ण हुमागाई, जिल्ला सदस्य धर्म लक्सम्बा लगायतको टोलीले निर्मला लिम्बू र गजेन्द्र फागोका बुवा यामप्रसाद फागोसँग भेट गरेको थियो । लिम्बुको देब्रे हातमा चोट लागेको छ भने घुडामा चोट लागेका फागोको आज अप्रेसन गरिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय