अर्जुनधारा स्टारको फाइनलमा गायन र नृत्य तर्फ १०/१० प्रतिस्पर्धी छनोट

Share :

झापा । ‘अर्जुनधारा डान्स एण्ड सिङ्गिङ् स्टार–२०७९’को फाइनलमा २० जना प्रतिस्पर्धी छनोट भएका छन् । गायन र नृत्य दुवै विधामा भईरहेको प्रतियोगिताको गायन तर्फ १० र नृत्य तर्फ १० गरि जम्मा २० जना प्रतिस्पर्धी फाइनल राउण्डका लागि छनोट भएका हुन् ।

अर्जुनधारा–३ स्थित कैदले पर्यापर्यटन क्षेत्रमा रहेको गृनेरी हलमा आज भएको सेमिफाइनल राउण्डमा गायन तर्फ २० र नृत्य तर्फ २१ जना प्रतियोगिले प्रतिस्पर्धा गरेका थिए ।

 


 

उत्कृष्ट प्रस्तुति दिएका गायन र नृत्य दुवै विधाका १०/१० प्रतियोगिलाई निर्णायकले फाइनलकालागि छनोट गरेको प्रतियोगिताका संयोजक तथा सारेगम कला केन्द्रका संचालक सन्तोष आले मगरले जानकारी दिनुभयो ।

‘अर्जुनधारा डान्स एण्ड सिङ्गिङ् स्टार–२०७९’को फाइनलमा प्रवेश गर्ने प्रतिस्पर्धीहरुमा नृत्य तर्फ फूर्लामी गुरुङ, लुजा मगर, मेरीसा मगर, प्रतिक्षा गौतम, अनुष्का कोइराला, आकृती तामाङ, अंकित कोइराला, विशेष चौधरी, श्रृष्टी भुजेल र स्मृती मगर रहेका छन् ।

त्यस्तै गायन विधा तर्फ संजिव भुर्तेल, अभिषेक मगर, अकुश कार्की, गगन चिमरिया, रिग्नेश साप्कोटा, शुभेक्षा मगर, यमुना तिवारी, सरोज खनाल, आकृति विष्ट र हविस भट्टराई फाइनल राउण्मा प्रवेश गरेका छन् ।

प्रतियोगिताको सेमिफाइनल राउण्डमा गायन तर्फ संगित प्रशिक्षक दिपक रायमाझी र सरोज भत्सले निर्णायकको भुमिका निर्वाह गर्नुभएको थियो । त्यस्तै नृत्य तर्फ नृत्य निर्देशक तथा प्रशिक्षकहरु राज सुब्बा लावती र पदम तामाङले निर्णायकको भुमिका निर्वाह गर्नुभएको थियो ।

प्रतियोगिताको सेमिफाइनल राउण्डमा अर्जुनधारा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गिता कुमारी राई प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै राईले संस्कृतिलाई जर्गेना गर्ने तथा नयाँ प्रतिभालाई उजागर गर्ने हेतुले आयोजना भएको प्रतियोगिता अत्यन्तै महत्वपूर्ण भएको बताउनुभयो । उहाँले नगरपालिकाले गर्नुपर्ने सहयोगमा आफुले सक्दो भुमिका निर्वाह गर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभयो । प्रमुख अतिथि राईले स्थानीय सरकारले आगामी बजेट निर्माणको क्रममा आम नागरिकको कला, क्षमता र प्रतिभा प्रस्पोटन गराउने र संस्कृति र संगितको क्षेत्रमा योगदान दिने कार्यक्रमहरुलाई अझबढी प्राथमिकता दिन जनप्रतिनिधिहरुलाई सुझाव समेत दिनुभएको थियो ।

सारेगम कला केन्द्र अर्जुनधाराको मुख्य आयोजना भईरहेको प्रतियोगिताको फाइनल राउण्ड जेठ ६ गते हुने छ । फाइनल राउण्डमा राष्ट्रिय स्तरमा चर्चित कलाकार तथा श्रष्टाहरुलाई समेत निणार्यकको रुपमा ल्याउने तयारी भईरहेको आयोजकले बताएको छ ।

अर्जुनधारा सचेत युवा समूह र डी वर्ल्ड डान्स कम्पनी एण्ड साउण्ड ‘अर्जुनधारा डान्स एण्ड सिङ्गिङ् स्टार–२०७९’को सह–आयोजक रहेका छन् । प्रतियोगितामा अर्जुनधारा नगरपालिकाको विशेष आर्थिक सहयोग रहने बताइएको छ ।

प्रतियोगिताको गायन र नृत्य दुवै विधामा पहिलो, दोस्रो र तेस्रो हुने सहभागीले क्रमशः जनही ३० हजार, २० हजार र १० हजार रुपैयाँ, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् । साथै सांगितिक तथा शैक्षिक छात्रवृत्ती लगायतका सुबिधाहरु प्रदान गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
3
+1
0
+1
5
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय