एमाले केन्द्रीय समिति बैठक आजदेखि सुरू हुँदै

Share :

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय समिति बैठक आज (बिहीबार) देखि सुरू हुँदैछ ।

पहिले झापामा गर्ने तय गरिएको बैठक ललितपुरको च्यासलस्थित पार्टी मूख्यालयमै बस्ने छ । बैठक बिहान १० बजेबाट सुरू हुने छ ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचन पछि एमालेको केन्द्रीय समिति पहिलो पटक बस्न लागको हो ।


एमाले सचिवालयको गत मंगलबार बसेको बैठकले केन्द्रीय समिति बैठकका लागि एजेण्डाहरु तय गरेको थियो ।

बैठकमा निर्वाचनको समीक्षा, ग्रास रुट अभियानको समीक्षा, भावी नीति तथा कार्यक्रमलगायतका १० वटा विषयमा छलफल हुने जनाइएको छ ।

बैठक तीन दिनसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय