अर्घाखाँचीमा आगो निभाउने क्रममा घाइते भएका चार जनाको मृत्यु

Share :

अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर घाइते भएका ४ जनाको मृत्यु भएको छ ।

मंगलबार दिउँसो भुमिकास्थान नगरपालिका–२ तिरतिरे खोलाको जंगलमा लागेको आगो पदम वेल्वासेको टिनले छाएको घरमा सल्किएको आगो निभाउने क्रममा घाइते भएका ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

मृत्यु हुनेमा ७२ वर्षीय पिताम्बर वेल्वासेको उपचारको लागि लैजादै गर्दा पाल्पाको रामपुरमा, ५५ वर्षीय पदम वेल्वासेको नारायणघाटमा उपचारको क्रममा मृत्यु भएको छ । यस्तै ५२ वर्षीय घनश्याम वेल्वासे र ३६ वर्षीय माधव वेल्वासेको काठमाडौं किर्तीपुर अस्पतालमा पुगेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरेले जानकारी दिनुभयो ।


यस्तै, सन्धिखर्क नगरपालिका–४, वाङलामा रहेको मुस्लिम बस्तीमा आगोलागी हुँदा ८ घरगोठ जलेर नष्ट भएका छन् । ५ भैंसी जलेका छन् । कुखुरा फर्ममा आगोलागी हुँदा ८ सयभन्दा बढी कुखुरा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीले मुस्लिम बस्तीका खैरे मियाँ, रजिम मियाँ, काला मियाँ, सम्सु मियाँ, जमालदिन मियाँ, सफी मियाँ र समसेर मियाँका ८ घरगोठ जलेर नष्ट भएका छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय वासिन्दा र जनप्रतिनिधिको सक्रियतामा आगो नियन्त्रणमा आएको छ ।

क्षतिको विवरण संकलन गर्ने कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय