नेपाली बिद्यार्थीलाई ४० प्रतिशत छात्रबृति दिने भारतको डुण्डलोद स्कुलको घोषणा

Share :

बिर्तामोड । भारतको राजस्थानमा सञ्चालित डुण्डलोद स्कुलले नेपालबाट अध्ययनका लागि जाने बिद्यार्थीहरुलाई ४० प्रतिशत छात्रबृति उपलब्ध गराउने भएको छ । स्कुल ब्यवस्थापनले सोमबार(आज) झापाको बिर्तामोडमा पत्रकार भेटघाट गरेर नेपाली बिद्यार्थीलाई प्राथमिकतामा राखेर छात्रबृति उपलब्ध गराउने जानकारी दिएको छ ।

स्कुल ब्यवस्थापनका सेक्रेटरी विएल रणवाले अन्तराष्ट्रियस्तरको शिक्षा सुलभ शुल्कमा उपलब्ध गराउँदै आएको बताउनुभयो । उहाँले बिद्यालयमा ब्यवहारीक शिक्षा र नैतिक शिक्षा उपलब्ध हुनुकासाथै सुरक्षाको राम्रो ब्यवस्था रहेकाले नेपाली अभिभावकले सो स्कलमा छोराछोरी अध्ययनका लागि पठाउने बिश्वास ब्यक्त गर्नुभयो ।


राजस्थानका बिभिन्न शहरहरुमा डुण्डलोडका तीन वटा स्कुल सञ्चालनमा छन् । डुण्डलोद पब्लिक स्कुल, डुण्डलोद गल्स स्कुल र डुण्डलोद बोर्डिङ स्कुल एउटै ब्यवस्थापनद्धारा सञ्चालनमा रहेको रणवाले बताउनुभयो । शिक्षाको लागि देशको भौगोलिक सिमाना नहुने भन्दै रणवाले नेपाली बिद्यार्थीको रोजाईमा पर्न डुण्डलोड सफल हुने समेत दावी गर्नुभयो ।

डुण्डलोदमा बच्चा पढाइरहेकी बिर्तामोडकी निलम अग्रवालले स्कुल ब्यवस्थापनको उच्च प्रशंसा गर्नुभयो । उहाँले बच्चाको सुरक्षा, ब्यवहारिक शिक्षा लगायतमा पुर्ण बिश्वस्त रहेको धारणा राख्नुभयो । बच्चाको बसाई, खानपान र अध्ययनमा स्कुलले कुनै सम्झौता नगरेको पाइएको उहाँले अनुभव सुनाउनुभयो ।

पहिलो पटक भारतबाहेकका देशमा बिद्यार्थी भर्ना अभियान शुरु गरेको बताउँदै डुण्डलोदका निर्देशक राहुल रणवाले एक पटक व्यवथापनसँग भेटेर आफ्ना बच्चाहरुको भविष्य सुरक्षित गर्न अभिभावकसँग आग्रह गर्नुभएको थियो ।

बिर्तामोडको किङसवरी होटलमा आयोजित कार्यक्रममा बिद्यालय ब्यवस्थापन समिति, अभिभावक र झापाका पत्रकारहरुको उपस्थिति रहेको थियो । पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन पत्रकार तुलसीप्रसाद निरौलाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय