मेचे संस्कृतिमा आधारित चलचित्र ‘बिक्रम देवा’ को शुभ मुहूर्त

Share :

झापा । सिमान्तकृत जाती मेचेको भाषामा आधारित चलचित्र ‘बिक्रम देवा’ निर्माण हुने भएको छ । जय भोले बाबा फिल्म्स प्रालिको पहिलो प्रस्तुती सुहानी मेचेको मेचे भापामा आधिारित चलचित्र बिक्रम देवा निर्माण हुने भएको हो ।

चलचित्रकको सोमवार (आज) झापाको चारआलीस्थित पाउँ पाथिभरामा शुभ मुहूर्त गरिएको छ । झापामा मात्र रहेका लोपउन्मुख जाती मेचे समुदायको भाषा, संस्कार तथा संस्कृति प्रवर्धन गर्ने उदेश्यले चलचित्र निर्माण गर्न लागिएको निर्माता प्रताप मेचेले जानकारी दिनुभयो । उहाँका अनुसार देशमै पहिलो पटक मेचे भाषाको फुल ठूलो पर्दाको चलचित्र निर्माण हुन लागेको हो । चलचित्रको शुभ मुहूर्त चारआली प्रहरी चौकीका प्रमुख अमरबिनोद घिमिरे, अर्जुन मेचेलगायतले गर्नुभएको थियो ।

चलचित्र बिक्रम देवामा सुवास मेचे, उर्मिला कार्की, प्रताप मेचे, बिमल खजुम, सुनिल थापा, पुकार भट्टराई, रोबिन मेचे, विपिन प्रसाई, बिकास राउतलगायतका कलाकारहरुको अभिनय रहने चलचित्र निर्माण पक्षले जानकारी दिएको छ । त्यस्तै बिदेशी कलााकारहरुको पनि अभिनय रहने जनाइएको छ । चलचित्रको कथा निर्देशक कुमार केसी, कार्यकारी निर्माता प्रताप मेचे, क्यामरा बिक्रम डिसी, संगीत बिकास चौधरी, नृत्य कमल राई, द्धन्द्ध सन्तोष भुजेलको रहने छ ।


चलचित्रमा २० देखि ३० प्रतिशत मेचे भाषाको प्रयोग हुने बताइएको छ । इलामको बिभिन्न पर्यटकीय क्षेत्र र झापाको भद्रपुर, धुलााबारी, धाइजन, शनिश्चरे, बिर्तामोडलगायतका स्थाानमा छायङ्कन हुने चलचित्र निर्माण पक्षले जनाएको छ ।

३० दिनमा छायङ्कन सम्पन्न हुने चलचित्र २ घण्टा १० मिनेटको बन्ने बताइएको छ । करिब एक करोड रुपैयाँको लगानीमा चलचित्र निर्माण हुने निर्माता मेचेले बताउनुभयो । मेचे भाषाको संस्कार र संस्कृतिलाई देश तथा बिदेशमा चिनाउने उदेश्यले निर्माण हुन लागेको चलचित्रमा एक्शन र कमेडी रहने जनाइएको छ । करिब ६ महिनामा प्रदर्शनको तयारी पूरा हुने चलत्रित बिक्रम देवा अंग्रेजी, हिन्दी र नेपाली भाषामासमेत निर्माण हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय