भवन निर्माण अघि वैकल्पिक व्यवस्थापन गर्न बुधबारे हटियाका व्यवसायीको आग्रह

Share :

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–५ मा रहेको देविहाट बुधबारे बजारमा ब्यवसाय सञ्चालन गर्दै गरेका ब्यवसायीहरुले आफूहरुको वैकल्पिक व्यवस्थापन गरेर मात्रै बहुतले व्यवसायिक भवन निर्माण गर्न बिर्तामोड नगरपालिकालाई आग्रह गरेका छन् ।

बिर्तामोड नगरपालिकाको स्वामित्वमा रहेको देविहाट बुधबारे बजारमा बिगत लामो समयदेखि व्यापार व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीहरुले विगत दुई महिनादेखि बिर्तामोड नगरपालिकाले उक्त ठाँउमा बहुतले व्यवसायिक भवन निर्माण गरिने भन्दै आकस्मिक रुपमा ३५, १५, १० र ३ दिने सूचना जारी गरेर व्यवसायीहरूलाई घर, टहरा,संरचनाहरु हटाउन निर्देशन दिएपछि ब्यवसायीहरुले आफूहरुको वैकल्पिक व्यवस्थापन गरेर मात्रै बहुतले व्यवसायिक भवन निर्माण गर्न बिर्तामोड नगरपालिकालाई आग्रह गरेका हुन् ।

उनीहरुले बिर्तामोडस्थित देविहाट बुधबारे बजार परिषरमा झापाका क्रियाशिल राजनितिक दलका प्रमुख , बिर्तामोड उद्योग बाणिज्य संघका पदाधिकारी, देविहाट बुधबारे बजार निर्माणकर्ताका सहयोगीलगायतसमक्ष आफूहरुको वैकल्पिक व्यवस्थापन गरेर मात्रै बहुतले व्यवसायिक भवन निर्माण गर्न बिर्तामोड नगरपालिकालाई दवाव दिन आग्रह समेत गरेका छन् ।


बिर्तामोड नगरपालिकाले टिडिएफ कम्पनीको ऋण लगानीमा देविहाट बुधबारे बजारमा बहुतले व्यवसायिक भवन निर्माण गरिने र त्यसका लागी व्यवसाय सञ्चालन गरिरहेका घर टहरा हटाउन भन्दै ३५ दिने सूचना जारी गरेपछि बिर्तामोड नगरपालिकाको योजना बारे थाहा भएको बताउँदै उनीहरुले बहुतले भवन बन्ने कार्यमा आफूहरुको पूर्ण साथ समर्थन, सहमति र सहयोग रहने तर त्यसभन्दा अगाडी आफूहरुको वैकल्पिक व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

देविहाट बुधबारे बजारमा बिगत लामो समयदेखि व्यापार व्यवसाय सञ्चालन गर्दै आइरहेको बताउँदै उनीहरुले आफूहरुको जीवीकोपार्जन गर्ने आधार नै व्यवसाय भएकाले वैकल्पिक व्यवस्थापन नहुँदा आफूहरुको रोजीरोटी नै गुम्ने र सडकमै आउने स्थिति सृजना हुने भएकाले आफूहरुको माग सम्वोधन गर्न उनीहरुले आग्रह गरेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति भोजराज सिटौला, माओवादी केन्द्रका नगर अध्यक्ष मोहन सुब्बा, राष्ट्रिय प्रजातन्त्र पार्टीकी नगर अध्यक्ष रञ्जु प्याकुरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर अध्यक्ष शम्भू भण्डारी, नेकपा ९एकीकृत० समाजवादीका श्रीप्रसाद सिटौला,संघीय लिम्बुवानका मित्र लिङदेन लगायतले बिर्तामोड नगरपालिकाले बहुतले व्यवसायिक भवन बनाउने योजना स्वागतयोग्य भएपनि त्यसभन्दा पहिले देविहाट बुधबारे बजारमा ब्यवसाय सञ्चालन गर्दै गरेका ब्यवसायीहरुको वैकल्पिक व्यवस्थापन गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय