झापाबाट जहाज चडेर काठमाडौ जान लागेका दुई महिला लागूऔषधसहित पक्राउ

Share :

झापा । झापाको चन्द्रगढीबाट बुद्ध एयरको जहाजबाट काठमाडौ जान लागेका दुई जना महिला प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका छन् ।  झापा भद्रपुर नगरपालिका वडा नं. ८ स्थित बिमानस्थल सुरक्षा गार्डमा खटिएको प्रहरी टोलीले चन्द्रगढीबाट बुद्ध एयरको जहाजबाट काठमाडौ जान लागेका दुई जना महिला पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा मकवानपुर हेटौडा उप–महानगरपालिका वडा न.१ घर भई झापाको मेचीनगर बिवाह गरेकी अन्दाजी २१ बर्षिया सोनी श्रेष्ठ राजवंशी र उनकै दिदी अन्दाजी २३ बर्षिया संध्या श्रेष्ठ रहेका छन् ।

सोनी लाई शंका लागेर चेकजाँच गर्दा उनले प्रयोग गर्ने भित्री बस्त्र (पेन्टी) भित्र २ वटा प्याडको बिच भागमा प्याड आकारको साइज बनाई लुकाई लैजान लागेको प्रतिबन्धित लागूऔषध ब्राउन सुगर ७६ ग्राम ३४० मिलि ग्राम फेला परेको प्रहरीले जनाएको छ ।


उनीसँगै रहेकी उनकी दिदी संध्या र उनीहरुको साथमा रहेको मोबाईल २ थान, नेपाली नागरिकता १/१ थान सहित दुबै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय