डा.योगी विकासानन्दले शुक्रबार बिर्तामोडमा प्रवचन दिने

Share :

बिर्तामोड । झापाको बिर्तामोडमा भोलि शुक्रबार एकदिने योग ध्यान, साधना, हिप्नोसिस तथा आध्यात्मिक ज्ञान प्रवचन हुँदै छ । विकासानन्द फाउण्डेशन विश्व परिवार झापा केन्द्रको आयोजनामा हुने योग शिविरमा प्रवचन दिन डा.विकासानन्द झापा आउनु भएको छ ।

आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै विकासानन्द फाउण्डेशन विश्व परिवार झापाले भोलि हुने कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ । साहारा नेपाल सकोसको सभाहलमा भएको पत्रकार सम्मेलनमा डा.विकासानन्दले योग ध्यान, साधना, हिप्नोसिस तथा आध्यात्मिक ज्ञान सम्बन्धि शिविरमा प्रवचन तथा प्रयोग हुने बताउनुभयो ।


पछिल्लो समय तीब्रगति र असन्तुलित जीवन शैलीका कारण मानिसहरुमा डिप्रेशन, एन्जाइटी, डर, त्रास, लागूपदार्थ, दुब्र्यसन, असफल प्रेम र शारीरिक कमजोरीका शिकार भइरहेकाले त्यसलाई न्युनिकरण गर्न कार्यक्रमको आयोजना गरिएको विकासानन्द फाउण्डेशन विश्व परिवार झापा केन्द्रकी अध्यक्ष रिना थापा (मेयर मगर) ले बताउनुभयो ।

डोमालाल राजवंशी रंगशालामा आयोजना हुने शिविरमा १० हजार बढीले सहभागीता जनाउने विकासानन्द फाउण्डेशन विश्व परिवार झापा केन्द्र तथा शिविर आयोजक समितिका सचिव बिजय बरालले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागिता जनाउन चर्चित कलाकार गौरी मल्ल पनि झापा आउनु भएको छ । पत्रकार सम्मेलनमा बोल्दै मल्लले गुरु डा.योगी विकासानन्दसंगको सामिप्यले आफ्नो जिवन परिर्वतन भएको बताउनुभयो । उहाँले आफनो आत्मबल बढाउनकालागि योग ध्यान, साधना, हिप्नोसिस तथा आध्यात्मिक ज्ञान महत्वपूर्ण सावित भएको धारणा राख्नुभयो ।

बिहान ६ बजेबाट हुने कार्यक्रमको उद्घाटन उपसभामुख इन्दिरा राना मगरले गर्ने जनाइएको छ । कार्यक्रम सम्पन्न गर्न अनुमानित ७ लाख रुपैयाँ खर्च हुने आयोजक समितिले जनाएको छ । कार्यक्रम संचालनका लागि साहारा नेपाल सकोस १ लाख नगद र बिभिन्न सहयोग गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय