अर्जुनधारा स्टारको सेमिफाइनल राउण्ड बैशाख २८ मा हुने

Share :

झापा । ‘अर्जुनधारा डान्स एण्ड सिङ्गिङ् स्टार–२०७९’को सेमिफाइनल राउण्डको प्रतिस्पर्धा बैशाख २८ गते हुने भएको छ ।

यसअघि बैशाख २३ गते हुने भनिएको प्रतिस्पर्धा बैशाख २८ गतेका लागि सारिएको प्रतियोगिताका संयोजक तथा सारेगम कला केन्द्रका संचालक सन्तोष आले मगरले जानकारी दिनुभयो ।

प्रतियोगिहरुले तयारीकालागि समय कम हुने भन्दै केही पछि सार्न आग्रह गरेपछि सेमिफाइनल राउण्ड २८ गतेका लागि तय भएको उहाँले बताउनुभयो ।


अर्जुनधारा–३ स्थित कैदले पर्यापर्यटन क्षेत्रमा रहेको गृनेरी हलमा सेमिफाइनल राउण्डको प्रतिस्पर्धा हुने छ ।

यसअघि सोही स्थानमा भएको दोस्रो चरणको छनोट (मेघा अडिसन)बाट छनोट भएका ४१ जना प्रतिस्पर्धीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

मेघा अडिसनबाट सेमिफाइनलका लागि नृत्य तर्फ २१ र गायन तर्फ २० जना प्रतिस्पर्धी छनोट भएका छन् । दोस्रो चरणको छनोटमा गायनतर्फ दिपक रायमाझी र कमला नेम्वाङ तथा नृत्यतर्फ राज लावती र सुवोद रसाइली निर्णायक हुनुहुन्थ्यो ।

सेमिफाइनलबाट फाइनलका लागि नृत्य र गायन दुवै विधा तर्फ ७/७ जना प्रतिस्पर्धी छनोट हुने बताइएको छ । प्रतियोगिताको फाइनल जेठ ६ गते हुने छ ।

गायन र नृत्य दुवै विधामा पहिलो, दोस्रो र तेस्रो हुने सहभागीले क्रमश जनही ३० हजार, २० हजार र १० हजार रुपैयाँ, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् । साथै शैक्षिक छात्रवृत्ती लगायतका सुबिधाहरु प्रदान गरिने आयोजकले बताएको छ ।

सारेगम कला केन्द्रको मुख्य आयोजना, अर्जुनधारा सचेत युवा समूह र डी वर्ल्ड डान्स कम्पनी एण्ड साउण्डको सह–आयोजनामा संचालन भएको प्रतियोगितामा अर्जुनधारा नगरपालिकाको विशेष सहयोग रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
1
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय