च्याब्रुङ केलाङ नाचको कार्यशाला गर्दै मनाइयो विश्व नृत्य दिवस

Share :

झापा । नृत्य कलाकार केन्द्र नेपालले च्याब्रुङ केलाङ नाचको कार्यशाला गर्दै ४१औं विश्व नृत्य दिवस मनाएको छ । झापाको दमकमा शनिबार भएको कार्यक्रममा प्रदेश भरिका बिभिन्न जिल्लाका १२० नृत्यकर्मीको उपस्थिति रहेको केन्द्रका महासचिव राज लावतीले जानकारी दिनुभयो ।

कार्यशालामा च्याब्रुङ नृत्य प्रशिक्षक उदय बेघा लिम्बुले प्रशिक्षण प्रदान गर्नुभएको लावतीले बताउनुभयो । नेपाली लोक संस्कृतिको जगेर्ना गर्दै नयाँ पुस्तालाई सहि र सकारात्मक नृत्यकला सिपको ज्ञान प्रदान गर्ने उदेश्यले कार्यशालाको आयोजना गरिएको महासचिव लावतीले बताउनुभयो ।


केन्द्रका अध्यक्ष सुनिल थापाको अध्यक्षता तथा प्याबसन झापाका अध्यक्ष गौरिमान फागुको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नृत्य क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएको भन्दै नृत्य क्षेत्रका श्रष्ठा इलामका रोशन कर्मचार्यलाई सम्मान गरिएको थियो । कर्मचार्यले विगत लामो समयदेखि नृत्य क्षेत्रमा पुर्याएको योगदानको मुल्यांकन गर्दै सम्मान गरिएको महासचिव लावतीले बताउनुभयो ।

कार्यक्रममा झापा जिल्ला नृत्य संघका पुर्व अध्यक्ष एल सी श्रेष्ठ, बर्तमान अध्यक्ष पदम तामाङ, सचीव सुवास लिम्बू, महासचिव अमन गुप्ता, राष्ट्रिय नृत्य निर्देशक परिषद समिति सदस्य बिमल नेपाल, भानु सिटौला लगायतको आतिथ्य रहेको थियो ।

त्यस्तै नृत्य निर्देशकहरु प्रेम सोनाम, नेत्र उप्रेति, श्रीगणेश शर्मा, ईस्वरी सिग्देल, बिमल नेपाल, भानु सिटौला, पदम तामाङ, लोकचन्द्र श्रेष्ठ, सुवास लिम्बु, मनोज राजवंशीको आतिथ्य रहेको थियो ।

महासचिव राज सुब्बा लावतीले संचालन गर्नुभएको कार्यक्रममा केन्द्रका सचीव कुमार अनुरागीले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय