यु-२० राष्ट्रिय रग्बी इलामको माई नगरपालिकामा हुने

Share :

इलाम । यु-२० राष्ट्रिय रग्बी प्रतियोगिता इलामको माई नगरपालिकामा आयोजना हुने भएको छ ।

आगामी जेठ २० देखि २१ गतेसम्म प्रतियोगिता माई नगरपालिका—४ शुक्रबारे बजार स्थित मैदानमा संचालन हुनेछ ।

प्रतियोगितामा महिला र पुरुषको ११-११ टिमको सहभागीता रहनेछ ।


कोशी प्रदेश रग्बी संघका अध्यक्ष बिनोद कट्वाल दिवसका अनुसार ७ प्रदेश टिम र ४ क्लब प्रतियोगितामा सहभागी हुनेछन् ।

प्रतियोगिता संचालनका लागि प्रदेश अध्यक्ष कट्वाल, जिल्ला अध्यक्ष बिजु लिम्बू, रग्बी संघ माई नगरपालिका अध्यक्ष रन्जित काफ्ले, नमुना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कोवित दाहालले मैदानको अनुगमन गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय