बिर्तामोड १ का विपन्नले निशुल्क रगत पाउने

Share :

झापा । बिर्तामोड नगरपालिका वडा नम्बर १ ले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बिरामीहरुको लागि निशुल्क रगतको व्यवस्था गरेको छ ।

विरामी भएर रगत आवश्यक परेको अवस्थामा वडाले निशुल्करुपमा रगत उपलव्ध गराउने भएको हो । त्यसका लागि वडा कार्यालय र जिल्ला रेडक्रस सोसाइटी झापा बिच शुक्रवार द्विपक्षिय सम्झौता भएको छ । वडा नम्बर १का वडाअध्यक्ष अग्नि प्रसाद पाण्डे र जिल्ला रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले सम्झौतामा हस्ताक्षर गर्नुभयो ।

वडाले निशुल्क रगत उपलव्ध गराएपनि रेडक्रस झापालाई भने वार्षिकरुपमा शुल्क तिर्नु पर्ने छ । वडाले हरेक वर्ष एक लाख रुपैयाँ तिर्ने गरि सम्झौता पत्रमा हस्ताक्षर गरिएको वडाअध्यक्ष पाण्डेले जानकारी दिनुभयो । उहाँले अब हरेक वर्ष रगत निशुल्क गर्ने योजना रहेको बताउनु भयो ।


बिरामीको लागि रगत आपूर्तिमा निशुल्क वडा बनाउने उदेश्यका साथ वडाअध्यक्ष स्वास्थ्य सहायता कार्यक्रम लागु गरिएको नगरका प्रवक्तासमेत रहनु भएका वडाअध्यक्ष पाण्डेले बताउनु भयो । यो कार्यक्रम लागु भएपछि लक्षित वर्गको१ युनिट रगत प्राप्त गर्दा लाग्ने खर्च ९ सय ५० रुपैयाँ बचत हुनेछ ।

रगत प्राप्त गर्नको लागि आकस्मिक अवस्थामा बिर्तामोड नगरपालिका वडा नम्बर १ को वासिन्दा भएको कुनै पनि प्रमाण पत्रको प्रतिलिपि पेश गर्नु पर्ने छ ।अन्यथा वडाको सिफारिस अनिवार्य छ । यो कार्यक्रम बैशाख महिनाको अन्तिम सातादेखि लागु हुने वडा कार्यालयले जनाएको छ ।

यस प्रकारको कार्यक्रम जिल्लाको मेचीनगर, भद्रपुर, बाह्रदशी लगायतका पालिका तथा वडाहरुमा लागु भएको जिल्ला रेडक्रस सोसाइटी झापाका सभापतिलोकराज ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय